विक्यानमा नयाँ नेतृत्व

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
जल तथा ऊर्जाका क्षेत्रमा परामर्शदाताको भूमिका निर्वाह गर्दैै आएका परामर्शदाताहरूको छाता संगठन जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (विक्यान) को नवौं वार्षिक साधारणसभाले खिमानन्द कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

संस्थाको उपाध्यक्षमा कालिदास न्यौपाने, महासचिवमा नरेश न्यौपाने, सचिवमा सञ्जीव पोखरेल र कोषाध्यक्षमा सन्तोष मण्डल निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा श्रीराम न्यौपाने, प्रदीप गंगोल, डा. अखिलेशकुमार कर्ण, अभिषेक यादव, गोपाल बस्नेत र विष्णु दवाडी निर्वाचित भएको निर्वाचन अधिकृत पूर्ण रन्जितकारले जानकारी
दिनुभयो।