इरानमा महिलाहरूले दाह्रीजुंगा टाँसेर फूटबल म्याच हेर्न पुगे

0
Shares

काठमाडौं । एसियाली फुटबलको पावर हाउस मानिने मुस्लिम राष्ट  इरानमा एउटा अनौठो घटना भएको छ ।  मुस्लिम कानुन लागु रहेको  इरानमा महिलालाई १४ वर्ष पुगे पश्चात अनिवार्य बुर्का लगाउनु पर्ने नियम रहेको छ । तर केहि दिन अघि इरानमा फूटबल म्याच हेर्न केही महिलाहरू भेष बदलेर स्टेडियम पुगेका थिए । उनिहरुले म्याच हेर्नकै लागि दाह्रीजुंगा टाँसे अनि टाउकोमा विग लगाएर स्टेडियम पुगेका थिए ।

उनिहरुले  भेष बदलेर स्टेडियममा  पुगेर  म्याच हेरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।आफ्नो प्रिय टिमलाई समर्थन गर्न पुगेका उनीहरुको फोटो भाइरल भए पछि यो फोटोमा कमेन्ट गर्दै एक युवाले लेखेका छन् ‘आशा गरौं, अबका दिन यी महिलाहरू आफ्नो पहिचानका साथ स्टेडियममा प्रवेश गर्न सकून् ।’

मुस्लिम कानुन लागु रहेको  इरानमा महिलालाई सन् १९७९ देखि पुरुषले खेलेका कुनै पनि खेल हेर्ने अनुमति दिएको छैनन् । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि इरानमा नयाँ बहस सुरु भएको छ ।