नेपाल समाचारपत्र, काठमाडौँ ।
साढे ३३ किलो सुन र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा एसएसपी दिवेश लोहनीसहित २९ जनालाई बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । मुद्दामा फरार रहेका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त मानिएको छ ।
पक्राउ परेका र फरार रहेकाहरुलाई सरकारी वकिलको कार्यालयमार्फत् अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरको छ । २९ जना पक्राउ परेका र अन्य ३४ जनाविरुद्ध मुद्दा दर्ता गर्नका लागि उनीहरुलाई अदालतमा उपस्थिती गराइएको छ ।
सुन तस्करका मुख्य नाइके मानिएका फरार मुख्य अभियुक्त उप्रेतीलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरिने भएको छ भने पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाललगायत १३ जनालाई प्रतिवादीविरुद्ध मुद्दा दर्ता हुने मोरङ प्रहरीले जानकारी दिएको छ ।
त्रिभुवन विमानस्थलबाट गत माघ ७ गते भित्रिएको साढे ३३ किलो सुन प्रकरणमै जोडिएर फागुन १८ गते मोरङका सनम शाक्यको हत्या भएको थियो ।











प्रतिक्रिया