नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले निति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने भएको छ । सभामुख कृष्णबहादुर महराले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिनुभएको हो ।
आइतबारदेखि सुरु हुने संसदको दोस्रो अधिवेशनको तयारी र अधिवेशनका क्रममा हुने मुख्य एजेन्डाका बारेमा उहाँले प्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो ।
बैशाख २४ गतेदेखि २७ गतेसम्म नियमावली मस्यौदा समितिको छलफल संशोधन प्रस्तुत गर्ने र पारित गर्ने तयारी रहेको र आगामी जेठ १ गते सरकारको निति तथा कार्यक्रम प्रस्तुत गरिनेबारे उहाँले जानकारी दिनुभएको छ ।
साथै पारित गरिने नियमावली मस्यौदा तयार भैसकेको र सार्वजनिक सुरक्षा सम्बन्धी एनको सम्सोधनको लागि विध्यक पनि दर्ता भैसकेको उहाँले बताउँनुभएको छ ।
यसका साथसाथै उहाँ बजेट विधेयक पनि सक्दो छिटो ल्याउन पनि सबैलाई आग्रह गर्नुभएको छ ।











प्रतिक्रिया