सलिम अन्सारी, प्युठान ।
जिल्ला अस्पताल प्युठानमा एक सुत्केरी महिलाको मृत्यु भएपछि आफन्त र स्थानिय द्वारा बिरोध प्रदर्शन भएको छ। उनिहरुले अस्पताल तोड्फोड समेत गरेका छन।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै विरोध प्रदर्शन भएपछि बिहानैदेखि तनावग्रस्त बनेको हो । मृतकका आफन्तले दोषीलाई कारवाहिको माग गर्दै प्युठान भालुवाङ सडक खण्डमा सवारि साधन चल्न दिएका छैन्न। आन्दोलनकारीले अप्रेशन थ्रेटरमा तोडफोड गर्न थालेपछी अस्पतालमा सुरक्षा ब्याबस्था कडा पारिएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए।
मंगलवार बिहान सुत्केरी ब्याथा लागेपछी भर्ना हुन अस्पताल आएकी उनको सामान्य अबस्थामा सुत्केरी हुन नसक्ने भएपछी दिउँसो बाह्र बजे शलक्रीया गरि बच्चा निकालिएको थियो।शल्क्रीया गरेको झण्डै सात घण्टापछि सुत्केरी महिलाको मृत्यु भएको बिरामीकि आफन्त उर्मिला थापाले बताईन। शल्क्रीया पश्चात् चौबिस घण्टा सम्म केही खान नदिनु भन्ने चिकित्सकको सुझाबलाई वास्ता नगरी बिरामीको आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको जिल्ला अस्पताल प्युठानका प्रमुख अच्युत कार्कीले बताए।
सुत्केरि हुन जिल्ला अस्पतालमा आएकी प्युठान नगरपालिका २ दाखाक्वाडी निवासी बर्ष २५ कि राधिका धामीको मृत्यु भएको थियो। अहिले सर्वपक्षिय बैठक बसिरहेको छ।











प्रतिक्रिया