काठमाडौं । दक्षिण भारतको बेल्लौर शहरको दक्षिणी भागमा रहेको श्री लक्ष्मी नारायणी मन्दिर १५०० किलो सुन प्रयोग गरेर बनाइएको छ । यो मन्दिरलाई श्रीपुरम अथवा महालक्ष्मी स्वर्ण मन्दिर भनेर नामाकरण गरिएको छ ।
यो मन्दिरलाई एक युवा सन्यासीले बनाएका हुन् । उनको नाम हो नारायणी अम्मा ।
यो मन्दिरको निर्माणमा १५०० किलोग्राम सुनको प्रयोग त गरिएको छ नै साथै महालक्ष्मीको मूर्ति पनि ७० मिलो ठोस सुनबाट बनाएइको छ ।
यो मन्दिरलाई ७ वर्ष लगाएर २००७ मा पूरा गरिएको हो । यसको निर्माणमा भारतीय ३०० करोडभन्दा बढी धनराशि खर्च गरिएको बताइएको छ ।
यो मन्दिर १०० एकड भन्दा बढी जमिनमा फैलिएको छ । यसको परिसरमा भारतका सबै प्रमुख नदीको पानी ल्याएर ‘सर्व तीर्थ सरोवर’ नामको कुण्ड बनाइएको छ ।
मन्दिर परिसरमा लगभग २७ फीट उचाईको दीपमाला बनाइएको छ जसलाई बाल्दा सुनबाट बनाइएको यो मन्दिर जगमगाउँछ ।
-एजेन्सी











प्रतिक्रिया