सकारात्मक सोच र चिन्तनको खाँचो : सभामुख महरा


नेपाल समाचारपत्र
काठमाडौं
सभामुख कृष्णबहादुर महराले देशलाई सकारात्मक सोच, चिन्तनको खाँचो रहेको बताउनुभएको छ।

ब≈मकुमारी राजयोग केन्द्रले कलंकीस्थित संगम कोलोनीमा निर्माण गरेको शिव भवनको सोमबार उद्घाटन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो।

धर्म, समूह, पार्टी वा समुदायको साँघुरो घेराबाट माथि उठेर सकारात्मक सोच चिन्तन गर्न सके मात्रै समाज र समग्र राष्ट्रको उन्नति हुने भन्दै सभामुख महराले अहिले देशलाई रूपान्तरणसहितको सकारात्मक चिन्तनको खाँचो रहेको बताउनुभयो।

‘देशलाई अहिले सकारात्मक सोच, चिन्तनको खाँचो छ’, उहाँले भन्नुभयो– ‘हामी सबैले धर्म, समूह, पार्टी वा समुदायको घेराभन्दा माथि उठेर काम गर्नुपर्छ।’

ब≈मकुमारी राजयोग केन्द्रले सकारात्मक चिन्तन पद्धतिको विकास गर्ने अभियान सञ्चालन गरेर उदाहरणीय काम गरेको भन्दै सभामुख महराले समाजमा शान्ति, सद्भाव स्थापना गर्न होस् वा तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलिरहेको बताउनुभयो।

‘समाजमा शान्ति र सद्भाव स्थापना गर्न र तनाव व्यवस्थापन गर्न राजयोगले राम्रो भूमिका खेलेको मैले बुझेको छु’, महराले भन्नुभयो– ‘आम मानिसमा रूपान्तरणसहित सकारात्मक सोचको विकास गर्नतर्फ यसले राम्रो भूमिका खेलेको छ।’

ब्र≈मकुमारी राजयोगले अँगालेका दर्शन परम्परागत धर्म, पूजापाठसँग जोडिएको नभई अध्यात्मिक दर्शन र भौतिकवादको समिश्रण रहेको आफूले बुझेको सभामुख महराले बताउनुभयो। हृदयदेखि नै सकारात्मक रूपान्तरण राजयोगको मूल सारतŒव रहेको आफूले बुझेको सभामुख महराले बताउनुभयो।

राजयोगले परिकल्पना गरेको शान्त र समृद्ध समाजको चाहनामा आफू पनि सँगसँगै रहेको भन्दै सभामुख महराले देशको नीति निर्माण गर्ने थलो संसद्मा पनि सकारात्मक चिन्तन पद्धतिको खाँचो रहेकोमा जोड दिनुभयो।