बेसबलमा नेपाललाई रजत


नेपाल समाचारपत्र
काठमाडौं
भारतको गुवाहटीमा सप्पन्न प्रेसिडेन्ट कप बेसबल प्रतियोगितामा नेपालले रजत पदक प्राप्त गरेको छ ।नेपाल,बाङ्लादेश,भारतका दुई टिम र भुटान समेत सहभागी उक्त प्रतियोगितामा नेपाली पुरुष बेसबल टोलिले सेमिफाइनलमा बंगलादेशलाई २४–४ले पराजित गरि फाइनलमा पुगेको थियो । फाइनलमा भने नेपाली टोली भारतसंग १८–४ले पराजित भएको थियो । नेपालका सगुन खिचाजु बेस्ट क्याचर बन्न सफल भएको उक्त प्रतियोगितामा प्राप्त गरेको पदक भने बेसबलको इतिहासमा नै पहिलो हो ।

नेपाली टोलिको नेतृत्व प्रदीप कुमार खत्रीले गरेका थिए भने टिम व्यवस्थापक नेपाल बेसबल तथा सफ्टबल संघका महासचिव दिपक न्यौपाने थिए । टोलीका प्रशिक्षकहरु जीवन केसी र रोशन थापा थिए । अनिल परियार कप्तान रहेको १८ सदस्यीय खेलाडीका सशस्त्रका खडक विष्ट उपकप्तान छ्न। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बिदाइ गरेको उक्त टोलीले पदक प्राप्त गरेर फर्कदा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्कर थापाले काकडभिट्टामा स्वागत गरेका थिए । यस पदक प्राप्त गरेसंगै नेपालको यस खेलमा समेत धेरै सम्भावना रहेको संघका महासचिव दीपक न्यौपाने बताए ।