सोल, (एजेन्सी)
‘अब एउटा नयाँ इतिहास शुरू हुन गइरहेको छ। शान्तिको युग’
–उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको भँमिमा टेकेपछि पाहुना पुस्तिकामा यी शब्द लेखे। विश्वकै सबैभन्दा खतरनाक सीमामा शुक्रबार बिहान अलग्गै माहोल थियो। दक्षिण कोरियाका राष्ट्र«पति मुन जे इनले किम जोङ उनको आग्रहलाई माने र उत्तर कोरियाको सीमामा टेके, फेरि उनको हात समाउँदै दक्षिण कोरियातर्फ फर्के।
मुस्कुराइरहेका किम जोङ उनलाई भव्य र न्यानो स्वागत गर्ने मुन जे इनले भविष्यतर्फ सँगै बढ्ने मनसाय व्यक्त गरेका थिए। यसले दुवै देशका लाखौं जनताको उत्सुकता र अपेक्षा बढाएको छ।
यसको कारण पनि छ। उत्तर कोरियाको कुनै नेतालाई यसरी ‘सीमा रेखा’ पार गर्न ६५ वर्ष लाग्यो र यस्तो शिखरवार्ताका लागि दुई देशले ११ वर्ष कुर्नुप¥यो।
कोरियाली प्रायद्वीपमा विकसित नयाँ घटनाक्रमले उत्तर र दक्षिण कोरिया कुनै बेला एक हुन सक्लान्? भन्ने प्रश्न अझै अनुत्तरित छ।
सन् १९९० मा पँर्वी र पश्चिमी जर्मनीले बर्लिनको पर्खाल भत्काएका थिए। दोस्रो विश्व युद्धपछि दुई देशमा विभाजित जर्मनी एक बनेको थियो।
जर्मनीजस्तै कुनै बेला कोरियाली प्रायद्वीप पनि एक थियो। सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानको शासन थियो।
दोस्रो विश्व युद्धमा जापानले हतियार समर्पण गरेपछि कोरियाली प्रायद्वीपमा सोभियत सेनाले उत्तरी र अमेरिकी सेनाले दक्षिणी हिस्सामा अधिकार जमाएका थिए।
सन् १९४८ मा दुवै हिस्साले गणतन्त्रको घोषणा गरेका थिए। तर दुईबीच वैमनस्यता कायम रहेकाले सन् १९५० मा दुई कोरियाबीच संघर्ष शुरू भयो।
यो संघर्ष ३ वर्षसम्म जारी रहेर ठँलो धनजनको क्षति तथा नरसंहारपछि सन् १९५३ मा समाप्त भयो तर औपचारिक युद्धविराम भने हुन सकेन। यो बीचमा यी दुईबीच कुनै सन्धि पनि भएको छैन।
भाषा, संस्कृति र इतिहासमा साझेदारी रहेर पनि यी दुई देशका लागि सीमारेखा मेटाउन सहज भएन। यसको प्रमुख कारण दुई पृथक राजनीतिक आस्थामा आधारित राज्य सत्ता नै प्रमुख र≈यो। अबको स्थिति राजनीतिक आस्थासँगै आर्थिक तथा हतियार प्रविधि पनि यसका लागि बाधक बनेको देखिन्छ।
विगत २५ वर्षको स्थिति हेर्ने हो भने दक्षिण कोरिया आर्थिक तथा प्राविधिक दृष्टिकोणले अत्यन्त उन्नत देश बनेको छ। उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र प्रविधिमा छलाङ लगाएको छ। जसले उत्तर कोरियालाई एक सम्प्रभुता सम्पन्न देशका रूपमा दक्षिण र अमेरिकासँग वार्तामा आउने हैसियत प्रदान गरेको छ। यद्यपि यी दुई देशबीचको एकीकरणले समग्र प्रायद्वीपलाई १÷२ दशक नै पछाडि धकेल्न सक्ने सम्भावना राख्छ।
जर्मनी एकीकरणअगाडि पनि यस्तै प्रश्न उठेका थिए। पँर्वी जर्मनी तुलनात्मकरूपमा विकसित नहुनुले एकीकरणले पश्चिम जर्मनीलाई फाइदा नहुने आशंका गरिएको थियो। उत्तर कोरिया पनि दक्षिणको तुलनामा अत्यन्त पिछडिएको देश भएकाले यस प्रकारको आशंका हुनु अस्वाभाविक होइन।
‘अब म शान्तिले सुत्न सक्छु’
यी सबै आशंकाका बीच शुक्रबार उत्तर कोरियाली नेता किमको दक्षिण कोरिया भ्रमणलाई सफल मानिएको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच स्थायी शान्ति सम्झौतासँगै त्यस क्षेत्रलाई पँर्ण निशस्त्रीकरण गर्ने सहमति बन्यो। यस अवसरमा किमले दिएका बयान अत्यन्तै अर्थपँर्ण मानिएको छ।
किमले घोषणा गर्दै भनेका थिए– ‘म यहाँ टकरावको इतिहास समाप्त पार्न आएको हुँ। एक भाषा, एक देश, एउटै रगत, हामी एक भएर बस्नुपर्छ।’
किमले ठट्टा गर्दै मुनलाई भनेका थिए– ‘मैले सुनेको थिएँ, कैयौं पटक मेरो कारण तपाईंको बिहानको निद्रा खराब भयो। तपाईंलाई राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुप¥यो। अब त बिहान सबेरै उठ्ने बानी नै परिसकेको होला। म तपाईंलाई विश्वास दिलाउन चाहन्छु, अब तपार्इंको बिहानको निद्रा खराब हुने छैन।’
मुनले हाँस्दै भने– ‘अब म शान्तिसँग सुत्न सक्छु।’
मुनले अब प्योङयाङको भ्रमण गर्नेछन्। दुई नेताले नियमित बैठक र सीधा फोन वार्ता गर्ने विषयमा पनि सहमति गरेका छन्।
विश्वका नेताहरूले किम र मुनको बैठकलाई ऐतिहासिक बताउँदै यसको सराहना गरेका छन्। संयुक्त राष्ट्र« संघका महासचिव एन्टोनियो गुटरेजले बैठकको प्रशंसा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्वीपमा राम्रो कुरा भइरहेको बताए।
प्रतिक्रिया