अबैध सामान सहितको ट्रक भन्सार बुझाइयो

0
Shares

सप्तरी । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पातोले अबैध सामान लोड गरेको ट्रक भन्सार कार्यालय सप्तरिमा बुझाएको छ ।
सो कार्यालयका प्रमुख सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाका अनुशार धान र गहुं लोड गरि पातो बाट सुनसरी तर्फ जाँदै गरेको ना ४ ख ३७२ नम्बरको ट्रक लाई चेक जाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली ल्याइएको किराना सामान समेत फेला परे पछि ड्राइभर सहितको ट्रक भन्सार बुझाइएको हो ।

यसै गरि सोही कार्यालयले भारतीय नम्बर प्लेटको मोटर साइकलमा राखी भारततर्फ निकासी गर्न लागिएको ६ कार्टुन स्याउ तथा मोटरसाइकल चालक समेतलाइ भन्सार कार्यालय सप्तरिमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
बोर्डर इलाकामा अबैध क्रियाकलाप रोक्न चेक जांचलाइ तिब्र पारिएको उनले बताए ।

भन्सार बुझाइएको सामानको मूल्य १४ लाख ९५ हजार २ सय ५० कायम भएको छ ।