काठमाडौ, (नेस) ।
विश्व औलो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो । यस बर्षको मूल नारा हाम्रो सक्रियता, औलो निवारणमा सफलता भन्ने रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार टेकूमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.शुशिल प्याकुरेलले भन्नुभयो–नेपाल सरकारले स्थापना गरेको लामखुट्टेको जात पहिचान गर्ने निकायनै प्यारालाईसिस भएको छ औलो कसरी नियन्त्रण गर्ने ? चित्तलाङ्मा पहिला औलो थिएन अहिले छ । यो त एउटा नमूना मात्र हो पहिला तराईमा गर्मीयाममा देखापर्ने लामखुट्टेले अहिले जाडोमा पनि अड्डा जमाएर सरुवा रोगहरु फैलाउँदै आएको छ ।
नेपालको पहाडि जिल्लामा समेत लामखुट्टे र औलोका बिरामी बढ्नुको प्रमुख माध्यम यातायातको साधन र खुल्ला सिमाना हुँदै औलोका बिरामीको ओहोर दोहोर हुनुनै औलोको ओसार पसारको माध्यम बनेको डा.प्याकुरेलको ठम्याई रहेको छ । यस बिषयमा सरकारले गम्भिर भएर सोच्ने र औलोका बिरामीको कमी गर्न लामखुट्टेको अन्त्य र सरसफाईमा बढी जोड दिनुपर्छ भन्नुभयो ।
विश्व स्वास्थ्य संगठनले सन् २००८ देखि अप्रिल २५ लाई विश्व औलो दिवसका रुपमा मनाउने घोषणा गरे देखि नेपालले पनि नियमित रुपमा मनाउँदै आएको छ । सन् २०२५ सम्म नेपाललाई औलो मुक्त राष्ट्रको रुपमा पुर्याउने संकल्पका साथ औलो निवारण कार्यक्रमलाई नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रमका रुपमा समावेश गरिएको छ ।
हाल नेपालमा बर्षेनी एकहजारको हाराहारीमा औलोका बिरामी ल्याब परिक्षणका आधारमा प्रमाणित हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.केदार सेन्चुरी बताउनुहुन्छ । औलो रोग संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइृबाट सर्ने हुँदा लामखुट्टेको टोकाईबाट बच्नुनै औलो रोगको रोकथामको प्रमुख उपाय हो । यसका लागि सरकारले औलोको औषधि छर्ने, झुल वितरण गर्ने, घर वरिपरि लामखुट्टे बस्ने खालका खाल्टाखुल्टी पुर्ने जस्ता अभियान संचालन गर्दै आएको छ ।
लामखुट्टे नियन्त्रण सरकारको प्रयासले मात्र नभै सबैको प्रयासले मात्र नियन्त्रण गर्न सकिने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी बताउनुहुन्छ । प्रदेश अनुसार ५ र ७ बढी औलो प्रभावित जनसंख्या रहेको ०७३ र ०७४ को तथ्यांकमा औल्याएको छ ।











प्रतिक्रिया