प्रदेश ५ को संसदः गाउँसभा तथा नगरसभा सञ्चालन सम्बन्धी विधेयक टेबुल हुँदै



यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ को संसद् बैठकमा नगरसभा सञ्चालन सम्बन्धी विधेयक टेबुल हुने,कार्यसूचि रहेको छ ।

बुधवार १ वजे बस्ने बैठकमा प्रदेश ५ संसद् सचिवालयका अनुसार गाउँसभा तथा नगरसभा सञ्चालन सम्बन्धी विधेयक टेबुल हुने कार्यसूची छ ।

यसअघि सार्वजनिक लिखत प्रमाणीकरण विधेयक संसदमा पेश भएपनि सैद्धान्तिक छलफल हुन बाँकी छ । प्रदेश सभाका सचिव डा. मानबहादुर विकेले यसमाथि आज छलफल हुने जानकारी दिनु भएको छ ।

यस्तै आजको बैठकको शून्य समयअन्तर्गत सांसदहरुले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको् छ ।

प्रतिक्रिया दिनुहोस्