टेनिसमा नेपालको मिश्रित प्रदर्शन


काठमाडौं, (नेस)
आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले सोमबार मिश्रित प्रदर्शन गरेको छ।
ब्वाइजतर्फ जित हात पारेको नेपालले गल्र्सतर्फ हार बेहो¥यो। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज स्पर्धामा नेपालले भुटानलाई ३–० ले ह्वाइटवास ग¥यो। नेपालको तर्फबाट सिंगल्समा अकि जुबेन रावतले टासी निमा छिरिङलाई ६–०, ६–० ले र आरभ सम्राट हाडाले शेराब गेल्सेनलाई ६–०, ६–१ ले हराए। डबल्समा प्रणव मानन्धर र आरभको जोडीले विपक्षी जोडी जिग्मे पेमा नाम्गे र निमालाई ६–० र ६–० को सीधा सेटमा पन्छायो।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स स्पर्धामा भने भारतसँग नेपाल ३–० ले हार्न पुग्यो। सिंगल्समा अजा रेग्मी अन्जली राठीसँग ६–२, ६–२ ले हार्दा शुभांगीलक्ष्मी शाह श्रुति अहलवतसँग पराजित भइन्। डबल्समा शुभांगी र आइशा डोल्कर गुरुङ भारतीय जोडी दुर्गान्सी र अन्जलीसँग ६–२ र ६–१ ले पराजित भए। अन्य खेलको ब्वाइजमा पाकिस्तानले श्रीलंकालाई ३–० तथा गल्र्समा श्रीलंकाले भुटानलाई ३–० ले पराजित ग¥यो। प्रतियोगिताको ब्वाइजमा नेपाल, भारत, श्रीलंका, भुटान र पाकिस्तान गरी ५ राष्ट्रका १५ खेलाडी सहभागी छन्। गल्र्समा ब्वाइजमै सहभागीमध्ये पाकिस्तानबाहेक ४ राष्ट्रका १२ खेलाडीले भाग लिएका छन्। छनोटमा पहिलो र दोस्रो हुने टिमले नोभेम्बरमा कजाखस्तानमा हुने आईटीएफ एसिया यू–१२ टिम टेनिस च्याम्पियनसिप सहभागिताको अवसर प्राप्त गर्नेछन्।