निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


काठमाडौं, (नेस)
शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय सञ्चालन भएको महिलाहरूका लागि निःशुल्क पाठेघर तथा क्यान्सर रोग स्वास्थ्य परीक्षण सेवा सम्पन्न भएको छ। यसका साथसाथै रोगी बालबालिकाका लागि औषधी उपचार वितरण पनि गरिएको छ।

कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा. रमेश मल्ल र स्त्री रोग विशेषज्ञ अञ्जली महर्जन तथा दिव्य राईसहितको टोलीले कार्यक्रममा सेवा पु¥याउनुभएको थियो। नेपाल अर्बुध रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखा, रोटरी क्लब अफ शंखरापुर, रोटरी क्ल्ब अफ बालाजु, बागमती इनर≈वील, रन नेपाल तथा नटओडन रोटरी क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा स्टार लाइट स्वास्थ्य सेवा केन्द्रबाट निःशुल्क औषधी उपल्बध गराइएको थियो।

साथै कार्यक्रममा उपस्थित भएका नेपाल अर्बुध रोग निवारण, काठमाडौं शाखाका सभापतिले क्यान्सर रोकथामजस्ता शिविरहरू रोगीहरूका लागि बढी प्रभावकारी हुने भएकाले यस्ता कार्यक्रमहरूलाई अझ निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

शिविरमा करिब १ सय १७ जना बालबालिकाले स्वास्थ्य उपचार गराएका थिए भने महिलाहरूको पनि बाक्लो उपस्थिति रहेको आयोजक क्लबले जनाएको छ।