नेपाल समाचारपत्र, काठमाडौं ।
विगत २० वर्षदेखि गति लिन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन नेपाल र भारतले चासो देखाएका छन् । पञ्चेश्वर आयोजनका लागि नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ ।
सोमबारदेखि शुरु हुन लागेको बैठकले विशेष गरी पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विशेष पहल गर्ने विश्वास लिइएको छ ।
सो आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच कुरा मिल्न नसक्दा विस्तृत परियोजना प्रतिवेदनले अन्तिम रुप पाउन सकेको छैन ।











प्रतिक्रिया