सिरियाबाट फ्रान्सको प्रतिष्ठित अवार्ड फिर्ता

0
Shares

दमास्कस, (एजेन्सी)
सिरियाले फ्रान्सलाई विगतमा सिरियाली राष्ट्रपति बसार अल असादलाई दिइएको प्रतिष्ठित अवार्ड लिजियन डि ओन्नेर शुक्रबार फिर्ता गरेको छ। केही दिनअघि सिरियाको दोउमा शहरमा अमेरिका र बेलायतस“ग मिलेर फ्रान्सले पनि हवाई हमला गरेको थियो।

सिरियाली सरकारी फौजले सत्तरी जनाभन्दा बढीको ज्यान जाने गरी दोउमामा रसायनिक आक्रमण गरेको आरोप लगाउ“दा सो हवाई हमला गरिएको थियो। सिरियाका एक जना पत्रकारले असादले अमेरिकाको दासजस्तो राष्ट्र फ्रान्सको अवार्ड धारण नगर्ने बताएका छन्।

केही दिनअघि फ्रान्सले अनुशासन कारबाहीको क्रममा सो अवार्ड फिर्ता लिने प्रक्रिया जारी रहेको बताएको थियो। सिरियाको राजधानी दमास्कसस्थित रोमानियाली दूतावासमार्फत फ्रान्सलाई यो अवार्ड फिर्ता गरिएको हो।

आफ्नो पिताको निधनपछि सत्तामा पुगेका बेला सन् २००१ मा राष्ट्रपति असादलाई उक्त विशिष्ट अवार्ड ग्रायन्ड क्रोइक्स प्रदान गरिएको थियो। सिरियाली विदेश मन्त्रलयले एक विज्ञप्ति जारी गर्दै यस कदमको पुष्टि गरेको छ।

प्रत्येक वर्ष करिब ३ हजार व्यक्तिलाई फ्रान्स वा मानव अधिकार, प्रेस स्वतन्त्रता वा त्यस्तै कुनै विषयका लागि विशेष योगदान दिएवापत यो अवार्ड प्रदान गरिने गरिएको छ। अहिलेसम्म सिरियाली सरकारले रसायनिक आक्रमण नगरेको अडान लि“दै आएको छ।