रश्मी थापा
नेपाली गीतसंगीतको क्षेत्रमा जब बाद्यवादनको कुरा आउँछ, सितारको प्रयोग भजन र शास्त्रीय संगीतबाहेक अन्य विधाका गीतमा प्रयोग भएको कमै पाइन्छ। सितार भनेको भजन र शास्त्रीय संगीतमा मात्र प्रयोग हुन्छ भन्ने धारणा आम मानिसको मात्र होइन, अग्रज संगीतकारहरूको पनि रहेको छ। त्यसैले पनि अहिलेको पुस्तामा सितारप्रतिको आकर्षण कमै देखिन्छ, सीता मैया राजचल भने सितारलाई भजन र शास्त्रीय गीतमा मात्र नभई अन्य विधाका गीतसंगीतमा पनि प्रयोग गर्न लागीपरेकी छिन्।
सितारवादीका सीता सीतारको दुनियाँमा केही नयाँ गर्न चाहन्छिन्। यसै सिलसिलमा ब्लुज र रक विधाका गीतमा समेत सितारको राग भरेकी छिन्। साँस्कृतिक संस्थानमा सितारवादीकाको रूपमा कार्यरत उनी भर्खरै मात्र जर्नी अन फ्रेट्स नामक सितारवादनको तेस्रो एल्बमका साथ आएकी छन्। यसभन्दा अघि उनका सन् २००४ मा द टे«डिसन र २०१२ मा टकिङ स्ट्रिङस नाम दिई सितारका सुमधुर धुनको एल्बम प्रकाशन भएका थिए।
हालसम्म २ दर्जन सितारका धुन र आधा दर्जन भजन तथा गीतहरू रेकर्ड गराएकी उनको एल्बम जर्नी अन फ्रस्टमा रहेका आठ सितारका धुनमध्ये रोज गार्डेन शीर्षकको धुनका आकर्षक भिडियो पनि तायार भएको छ। नायिका प्रियंका कार्की, देव राउत र सीताको छोरा सर्वेश सुवालको अभिनय रहेको यसको भिडियोमा उनी पनि छाएकी छिन्।
उभिएरै सीतार बजाउँदै आएकी उनी उभिएर सितार बजाउनु भनेको दुर्लभ भएको बताउँछिन। ‘सितार भनेको बसेर त्यो पनि पलेटी कसेर बजाउने बाजा भएकाले अरूले हेर्दा पनि जटिल देखियो। त्यसकारण पो यो बाजा सिक्ने मानिसको कमी भएको र कम प्रयोग हुन भएको भन्ने लागेर मैले उभिएर सितार बजाउन शुरू गरेको हुँ।
यसरी उभिएर सितार बजाउँदा नाच्दै र दर्शकसँग रमाइलो गर्दे बजाउन पाइन्छ ३३ वर्षदेखि संगीत क्षेत्रमा क्रियाशील सीता भन्छिन्– ‘आफँलाई पनि धेरै मजा लाग्छ तर बसेर बजाउँदा यस्तो अनुभव संगाल्न पाइँदैन। त्यसैले पनि पर्फमेन्स गर्दा मैले बेल्टवाला इलेक्ट्रिक सितार बोक्ने गरेको छु। नयाँ पिँढीले यसलाई विस्तृत रूपमा चिनँन् भन्ने मेरो चाहना छ।’
भक्तपुरको व्यासीटोलमा २०३४ सालमा वुवा कृष्णबहादुर राजचल र आमा पँर्ण कुमारी राजचलको पहिलो सन्तानका रूपमा जन्मेकी उनले ७÷८ वर्षको उमेरदेखि नै हार्मोनियम सिक्न थालेकी थिइन्। उनले १४ महिनासम्म परिवारका सदस्यसहित मामा हरिप्रसाद बाटीसँग बिहानबेलुका लगातार हार्मोनियम बजाउँदै संगीतको शुरूआत गरेकी हुन्। ‘मेरो १ जना दृष्टीविहीन मामा हरिप्रसाद बाटीसँग परम्परागत तरिकाले हार्मोनियम बजाउन सिकेकी हुँ। शुरूमा बुबाको रहरले आमाबुबा, म र भाइ भएर सिक्थ्यौं।
तर यसलाई निरन्तरता दिने चाहिँ म मात्र भएँ। परम्परागत तरिकाअनुसार हार्मोनियम बजाउन सिकिरहेको बेला अरूले हेर्न नहुने, पर्दा लगाएर सिक्नुपर्ने, आफँले सँर्य हेर्न नहुनेजस्ता कडा नियम थिए। हरेक महिना पँजा हुन्थ्यो’ सीताले सुनाइन् ‘१४ महिना लगातार हार्मोनियम बजाउन सिकेपछि पँजाआजा गरेर मात्र मलाई बाहिर निकालिएको थियो। जसलाई नेवारी भाषामा पिधने भनिन्छ। त्यसपछि मात्र बाहिर बजाउन र गाउन थालेँ। पहिला म गीत पनि गाउँथे। यति सानो बच्चाले पनि यति राम्रो गाउँछ भनेर सबैतिर गीत गाउन बोलाउँथे। त्यो बेला राम्रो प्रतिक्रिया र टिप्स पाउन थालेँ। जस्ले गर्दा मलाई बाहिरी वातावरणबाट झनै हौसला मिल्यो। घरमा आमाले खाना पकाउन लागाउनुहुन्थ्यो। म चाहिँ खाना बसालेर हार्मोनियम बजाउने गर्थें ।धेरैचोटी यसरी हार्मोनियम बजाउँदा खाना डढेर आमाबाट धेरै पिटाइ पनि खाएकी छु।’
१२÷१३ वर्षको उमेरमा भक्तपुरको गुरु बद्री नारायण ताम्राकारको ताम्राकार संगीत प्रशिक्षण लिएकी उनले सानैदेखि गायिका नै बन्छु भन्ने लक्ष्य भएकाले रेडियो नेपालमा सागर गौतमको संगीतमा एक लोकगीत रेकर्ड गरेकी रहिछन्। जुन गीत रेडियो नेपालमा उत्कृष्ट १० मा पर्न सफल भएको रहेछ। पढेरै गायिका बन्ने विचारले उनले ललितकला क्याम्पस पुग्दा भोकलमा जुनियर डिप्लोमा गरिसकेकी थिइन्। त्यसैले संगीतमै केही नयाँ सिकौं भन्ने चाहनाले ललितकलामै सितार विषय लिएर पढ्न शुरू गरिन् र लगातार सितार बजाउन थालिन्। घरमा बिहानै ३ बजे नै उठेर साधना गर्न होस् या सितार बजाउन, कुनै कार्यक्रमा भाग लिन होस् उनलाई सजिला भने थिएन। ‘सितारप्रति मोह उत्तिकै थियो। ८ कक्षा पढ्दा नै सितार छोइसकेको थिएँ, अलिअलि बजाउने भइसकेको थिएँ। तर मेरो आमालाई मैले संगीत सिकेको मन पर्दैनथ्यो।
विवाह गरेर जानुपर्ने छोरी यसरी गाएर बजाएर हिँड्नुहुँदैन भन्ने पुरानो मान्यता उहाँमा थियो। तर म भने लुकीलुकी भए पनि हरेक दिन भजन तथा विभिन्न कार्यक्रममा गएर राति १० बजे घर पुग्थें’, सीताले पुरानो कुरा सुनाइन्– ‘एकपटक म खेतमा धान काट्दै थिएँ। मेरो एक साथीले खेतमै आएर तिमीलाई एकजना दाइले स्टुडियोमा बोलाउनुभएको छ भनिन्।’
यो सुनेर म सितार बजाएर सुनाउँछु भनेर काम छोडेर जान तयार भएँ। आमाले भने धान काट्न छोडेर सितार बजाउन जान पर्दैन भनेर गाली गर्दागर्दै पनि म भक्तपुरबाट भागेर रत्नपार्कसम्म आएर रत्नपार्कबाट हिँड्दै छाउनी पुगेँ। त्यहाँ मलाई सितारको ४ धुन रेकर्ड गर्न बोलाउनुभएको रहेछ। रेकर्डपछि मलाई १६ सय रुपियाँ दिनुभयो। त्यो बेला १६ सय रुपियाँ कमाउनुभनेको निकै ठुलो कुरा थियो। बिहानदेखि बेलुकासम्म खेतमा धान काट्दा केटी मान्छेले ५० र केटा मान्छेले सय रुपियाँ ज्याला पाउँथ्यो। तर १÷२ घण्टामै ४ वटा सितारको ट्र्याक बजाएर १६ सय रुपियाँ कमाउँदा म निकै खुसी भएँ। बेलुका घरमा मासु किनेर पकाएर राखेँ।
पछि आमा तँ काम छोडेर बाजा बजाउन गइस् भन्दै रिसाएर आउनुभयो। म भने पैसाले हम्किएर बसेँ। आमालाई सितार बजाएर कमाएको पैसा भनेपछि निकै खुसी हुनुभयो।’ सीताले सुनाउँदै थिइन्– ‘म अरूलाई पहिला खाना खुवाउँछु भनेर बसेको मान्छे आमाले मलाई पो पहिला खाना खुवाएर दुःख सुखको कुरा गर्न लाग्नुभयो। यसरी सितार बजाएर पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा थाहा पाएपछि आमाले मलाई घरमा साधना गर्न प्रोत्साहित गर्नुभयो र कार्यक्रमहरूमा जान पनि अलि खुकुलो भयो। त्यो समयमा म दिनमा लगातार १७ घण्टासम्म साधना गर्थें।’
नेपाल टेलिभिजनको स्थापनापछि उनलाई टेलिभिजनमै केही गर्न पाए हुन्थ्यो भन्ने लागेछ। त्यसैले हरेक सोमबार सितारमा नयाँ–नयाँ धुनसहित दर्शकमाझ प्रस्तुत हुन थालिन्। जसमा उनले वसन्त, लोक, फागु, मालश्री, दशैं तिहारका मंगलधुन बजाउँथिन्। सीता सितारमा स्नातक गरिरहँदा कलानिधि इन्दिरा संगीत महाविद्यालयमा गायनको कक्षा लिने गर्थिन्। जहाँ उनी प्रथम भएर तत्कालीन रानी कोमल शाहको हातबाट स्वर्ण पदक र प्रशंसापत्र पाइन्। ‘त्यो स्वर्णपदक रानी ऐश्वर्यकै समयमा पाउने थिएँ। तर दरबार हत्याकाण्डपछि केही वर्ष कार्यक्रम भएन र पछि त्यो पदक रानी कोमलको हातबाट पाएँ।’ –सीताले भनिन्।
कलानिधिबाटै छात्रवृत्ति पाएर भारतको कलकत्तास्थित रवीन्द्र भारती महाविद्यालयमा विश्वविख्यात पण्डित रवि शंकरको सिनियर विद्यार्थी पण्डित दीपक चौधरीसँग लगातार ३ वर्षसम्म सितार सिकिन् भने प्रख्यात सितारवादक उस्ताद सइद परवेजसँग पनि सितार सिक्ने अवसर पाइन्। ‘मैले नेपालमै २ पटक ब्याचलर गरेका कारण त्यही विषय किन दोहो¥याउने भने कलकत्तामा चाहिँ संगीत थेरापी पढेँ।
संगीत थेरापीमार्फत बिरामीको रोग निको पार्न सकिन्छ भन्ने प्रयोग गरेकी छु। मोतीविन्दु भएर डक्टरले अप्रेसन गर्नुपर्छ भनेको एकजना व्यक्तिले आर्थिक अवस्था राम्रो नभएका कारण उपचार गराउन सकेका थिएनन्। तर मैले १ महिनासम्म लगातार संगीत थेरापी गराउँदा सियोसमेत देख्ने हुनुभएको थियो। संगीत थेरापीबाट गम्भीर खालको ग्यास्ट्रिक, टाउको दुखाइदेखि क्यान्सरजस्तो प्राणघातक रोग पनि निको पार्न सकिन्छ।’ –सीता भन्छिन् ‘तर यसका लागि धेरै मेहनत र समय दिनुपर्छ। संगीत मनोरञ्जनको साधन मात्र होइन, यो जटिल रोगको उपचारका लागि पनि सहायकसिद्ध भएको छ।’
सितार बोकेर अमेरिका, थाइल्यान्ड, कम्बोडिया, जापान, भारतलगायतका देशका विभिन्न स्थानमा प्रस्तुती दिएकी सीताले नेपालमा भन्दा पनि विदेशमा यसलाई मन पराइने अनुभव छ। ‘सीतारको धुनका दर्शक नेपालमा भन्दा बढी विदेशमा छन् भन्ने अनुभव गरेकी छु। भँकम्पअघिसम्म नेपालमा सितारवादनबाट राम्रो कमाइ गर्न सकिन्थ्यो। तर भँकम्पपछि अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि प्रभाव पारेको छ। पहिले मैले च्यानल नेपालमा एउटा सितारसम्बन्धी कार्यक्रम गर्दा एक दिनमै एक तोला सुनको सिक्री किनेको छु।
पहिले त निकै राम्रो कमाइ थियो तर अहिले पहिलेजस्तो अलि छैन र पनि साधारण महिलाले भन्दा सितारवादनमा लागेर दोब्बर तेब्बर कमाइको अनुभव गरेकी छु। अझ अमेरिकाको २ महिने क्यालिफोर्निया बसाइमा १ महिना जति मात्र मैले सितार बजाउन पाएँ। त्यति समयकै आम्दानीले नेपालमा १ तल्ला घर बनाउन पुग्ने पैसा कमाएकी थिएँ।’ –सीताले सुनाइन्।
आफ्नो सांगीतिक यात्रामा पति वसन्त सुवाल तथा परिवारको राम्रो साथ रहेको बताउने उनले पतिको साथ, सहयोग र हौसलाले नै आप्mनो यात्रा निरन्तर अगाडि बढ्न महत्त्वपँर्ण भँमिका निर्वाह गरेको प्रष्ट्याइन्। ‘म सितारमा नयाँनयाँ प्रयोग गर्न चाहन्छु र अन्य संगीतकारहरूले पनि शास्त्रीय गीत तथा भजनमा मात्र नभइ अन्य गीतहरूमा पनि सितारको प्रयोग गरिदिए नयाँ तरिकाले यसलाई प्रस्तुत गर्ने मौका पाइने थियो’ –सीताले भनिन्।
प्रतिक्रिया