नेपाल समाचारपत्र
काठमाडौ
मुलुकभरका विभिन्न सञ्चार माध्याममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आईएमई बैंक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनित भएका छन्।
राष्ट्रिय फोटो पत्रकार समँहको आयोजनामा यही वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ११ विद्यामा ५ जनाका दरले ५५ जना मनोनित भएका हुन्।
राजनीतिक, महिला, खेलकुद, दैनिक जीवन, पर्यटन र संस्कृति, मनोरञ्जन, मोफसल, सक्रिय फोटो पत्रकार, स्वतन्त्र फोटो पत्रकार, आर्थिक र अनलाइन विधा रहेका छन्। मुख्य ५ मा पर्न सफल फोटो पत्रकारलाई शुक्रबार १ कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरियो।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समँहका सचिव एवम् अवार्ड छनोट समितिका संयोजक प्रदीपराज वन्तले फोटो पत्रकारको कामप्रति हौसला बढाउनका लागि समँहले २ वर्षदेखि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अवार्ड प्रदान गर्दै आएको बताउनुभयो।
वैशाख १३ गते वितरण हुने अवार्डमा प्रत्येक विधामा उत्कृष्ट हुनेलाई रु २५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सबै विद्याबाट सर्वोकृष्ट हुनेलाई रु ५० हजार नगद, ट्रफी र प्रमाणपत्र वितरण गरिने समँहका सदस्य राजेन्द्र चित्रकारले जानकारी दिनुभयो।
प्रतिक्रिया