रौतहट । मुलुककै अग्लो (१३२ फिट) बौद्ध स्तुपा निर्माण गरिनेभएको छ।
मागी गुम्बा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा धर्मगुरु कर्मा गुम्चेन लामाले रौतहटको चन्द्रनिगाहपुरमा नेपालकै अग्लो बौद्ध स्तुपा निर्माण गर्न लागिएको र पूर्वतैयारीस्वरुप वैशाख १० देखि १२ गतेसम्म बौद्धमा विश्वशान्ति पूजा गरिने जानकारी दिए।
बुद्ध जन्मभूमि नेपालमा हिंस्रक सोच, चिन्तन, संस्कृति, प्रवृत्ति र ब्यवहार बढ्नु दुःखद् भएको बताउँदै उनले भने, ‘बुध्दको जन्मभूमि नेपालमा धेरै प्रकारका हिंसाका घटना घटिरहेका छन्, विश्वका केही देशमा त नरसंहार नै मच्चिएको छ, तसर्थ २५६२ औँ बुद्ध जयन्तीको अवसर पारेर गरिने उक्त पूजामा हामीले विश्व शान्तिको कामना गर्दैछौं।’











प्रतिक्रिया