खानेपानी आयोजना सम्पन्न

0
Shares

नेपाल समाचारपत्र
धादिङ
नेपालका लागि जर्मन राजदँत रोलान्ड सेफरले धादिङ जिल्लाको धुनिबेंशी नगरपालिका–५मा निर्माण भएको चण्डेश्वरी खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो। बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदँत रोलान्डले जर्मनको आर्थिक समृद्धिको मेरुदण्ड बनेको प्राविधिक तथा सीपमँलक तालिम नेपालीका लागि निकै उपयोगी हुने बताउनुभयो। ‘युवाहरूलाई रोजगारीको अवसर पनि सँगसँगै प्राप्त हुने हुँदा यस्तो तालिम नेपाल सरकारको प्राथमिकतामा समेत परेको छ। त्यसका लागि जर्मन सरकार हरतरहको सहयोग गर्न तत्पर छ।’ –उहाँले भन्नुभयो।

सोही अवसरमा राजदँत सेफरले जर्मन प्राविधिक शिक्षालयको निर्माणाधीन प्रशिक्षण भवनको अवलोकन गर्नुभयो। शेषकान्त फाउन्डेसनको सक्रियतामा जर्मनमा प्रयोगमा आइसकेको प्रविधिलाई प्राविधिक शिक्षालयमार्पmत नेपालमा ल्याउन लागेको फाउन्डेसनका सल्लाहकार तथा प्राविधिक शिक्षालयका संयोजक पवन ढकालले कार्यक्रममा जानकारी गराउनुभयो। जर्मन प्राविधिक शिक्षालय स्थापनाको उद्देश्य, अहिलेसम्म भएको प्रगति र यसपछिका योजनाका बारेमा जानकारी गराउँदै ढकालले जर्मन नागरिकले गरेको सहयोग र सद्भावप्रति आभार प्रकट गर्नुभयो।

कार्यक्रममा प्रदेश नं. ३का भौतिक पँर्वाधार मन्त्री केशव स्थापित, सांसद राजेन्द्रप्रसाद पाण्डे, धुनिबेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, सीटीईभीटीका प्रतिनिधि डाकुरनाथ पराजुलीलगायतले फाउन्डेसनले गरेका कार्यको कदर गर्दै शिक्षालयको सफलता र स्थायित्वका लागि आ–आफ्नो स्थानबाट पँर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सहयोगी संस्था फ्युचर फर नेपाल जर्मनीका प्रतिनिधिसमेतको उपस्थितिमा भएको कार्यक्रममा स्थानीय चण्डेश्वरी विद्यालयको वार्षिक परीक्षामा उच्चस्थान प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार तथा जर्मनीहरूबाट उपहार वितरण गरिएको थियो।

फाउन्डेसनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले शिक्षालय निर्माणमा जर्मन सरकार र जर्मन नागरिकको सहयोगी मनलाई यहाँसम्म ल्याइपु¥याउन सहयोग गर्ने चुकुम्फ्ट फर नेपालका हेर्विक यान्चिक, पेट्रा पाख्नर लगायत सबैमा आभार प्रकट गर्नुभयो। कार्यक्रममा प्राविधिक शिक्षालयको निर्माण तथा सञ्चालनमा गैरआवासीय नेपाली संघ, उद्योग वाणिज्य महासंघ, इप्पानलगायतका विभिन्न संघसंस्थाको सहकार्य रहने जानकारी गराइएको थियो।