नेपाली बक्सिङको इतिहास लामो छ। नेपालले पहिलोपटक सहभागिता जनाएको सन् १९६४ को टोकियो ओलम्पिकमा बक्सिङले स्थान पाएको थियो। ओलम्पिकमा पुगिसकेको नेपाली बक्सिङले एसियाली खेलकँदमा भने ५ कास्य जितिसकेको छ। यस्तै दक्षिण एसियाली खेलकँदमा पनि बक्सिङमार्फत थुप्रै पदक भित्रिसकेका छन्।
हेर्दा जोश बढ्ने खेल बक्सिङको पनि अन्य खेलकै जस्तै प्राविधिक पक्ष रहेको हुन्छ। रिंगभित्र मारपिट गर्ने यो खेलले विभिन्न प्राविधिक पक्षलाई अंगालेको हुन्छ। प्राविधिक पक्ष बक्सिङको मेरुदण्ड पनि हो, जसलाई टेक्निकल कमिटीबाट सम्वोधन गरिन्छ। खेललाई व्यवस्थापन गर्नेदेखि खेलको हारजितको निर्णय पनि प्राविधिक कमिटीले नै गर्छ। तर बिगत केही वर्षयता भने नेपाली बक्सिङमा प्राविधिक कमिटीको उपस्थिति शँन्यको अवस्थामा रहेको नेपाली बक्सिङ प्राविधिक कमिटीका प्रमुख अनुप लामा बताउनुहुन्छ। यस्तो किन हुँदै छ भन्ने विषयमा पँर्वअन्तर्राष्ट्रिय खेलाडी, रेफ्री, जज हुँदै प्राविधिक कमिटीका प्रमुखसम्म भएका लामासँग नेपाल समाचारपत्रका संवाददाता कविरस शर्माले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
कति भयो बक्सिङ टेक्निकल कमिटीको प्रमुख हुनुभएको ?
करिब ७ वर्ष भयो।
बक्सिङ प्राविधिक कमिटीको मुख्य काम के हो ?
प्रतियोगिताको मिति तोक्ने, खेलस्थलको व्यवस्थापन गर्ने, प्रतियोगिताको स्तरअनुसार रेफ्री र जजहरू उपलब्ध गराउनुका साथै कुन बाउटमा कसलाई जिम्मेवारी दिने, टाइसिट बनाउनेजस्ता सम्पँर्ण प्राविधिक पक्षलाई व्यवस्थापन गर्ने काम नै टेक्निकल कमिटीअन्तर्गत पर्दछ।
बक्सिङको टेक्निकल कमिटीले कसको मातहतमा रहेर काम गर्दछ ?
निश्चित रूपमा यसले नेपाल बक्सिङ संघकै मातहत रहेर काम गर्दछ।
टेक्निकल कमिटीको गठन प्रक्रिया कसरी हुने गरेको छ ?
बक्सिङमा लामो समय योगदान दिएका अनुभवी व्यक्तिलाई टेक्निकल कमिटीको प्रमुख बनाइन्छ। तिनै अध्यक्षले कमिटीको पँर्णता लागि अन्य सदस्यहरूको चयन गर्दछन्। मेरो अध्यक्षतामा करिब ४० जना सदस्यहरू रहेका छन्।
हाल बक्सिङमा प्राविधिक कमिटी अनुपस्थित रहने गर्दछ, किन ?
विगत ७ वर्षदेखि मैले नै टेक्निकल कमिटी सम्हाल्दै आएको छु। यसै क्रममा नयाँ कार्यसमिति चयनसँगै राम अवाले अध्यक्ष भएका हुन्।
त्यसपछि पनि मलाई नै टेक्निकल कमिटीमा निरन्तरता दिन आग्रह गरियो। सोहीअनुरूप मैले २०७३ को पुसमा सम्पन्न सातौं राष्ट्रिय खेलकँद प्रतियोगितासम्म सक्रिय रूपमा कमिटीमा निरन्तरता दिए। त्यसपछि भने टेक्निकल कमिटीमा मात्र निहीत कतिपय निर्णयहरू नेपाल बक्सिङ संघले आफँखुसी गर्न थाले। खेलाडी छनोट जस्तो महŒवपँर्ण र संवेदनशील विषयमा समेत टेक्निकल कमिटीसँग समन्वय नगरी संघले आफँ खुसी गर्न थालेपछि मेरो आत्मसम्मानमा ठेस लागेको भान भयो। यसका बाबजँद पनि कमिटीमा सक्रिय रहिरहन मेरो नैतिकताले नदिएपछि प्राविधिक कमिटीको अनुपस्थिति रहने गरेको हो।
यस्तो गर्दा संघबाट कस्तो प्रतिक्रिया आयो ?
बक्सिङ संघका अध्यक्ष राम अवालेले मलाई त्यसो नगर्न अनुरोध गरेका थिए। उनले मलाई बक्सिङलाई अझै पनि तपाईंको आवश्यकता रहेको भन्नुभएको थियो। तर बक्सिङमा धेरै विवादहरू बढ््न थालेकाले मैले टाढिनु नै सही ठाने।
सातौं राष्ट्रिय खेलकुदपछि नयाँ टेक्निकल कमिटी गठन भएको हो ?
अहिले निर्वाचित नेपाल बक्सिङ संघले आधिकारिक रूपमा नयाँ टेक्निकल कमिटीको गठन गर्न सकेको छैन। मैले थुप्रै पटक आधिकारिक रूपमा पुनर्गठनका लागि सुझाव पनि दिएको छु। तर अहिलेसम्म पुनर्गठन हुन सकेको छैन। यसबीच आरजे संघ गठन गर्ने कुरा उठे पनि अन्तर्राष्ट्रिय एमेच्योर बक्सिङ संघको नियमविपरीत हुने हुनाले असहमति जनाए।
त्यसको विकल्पको रूपमा मैले नेपाल बक्सिङ संघका अध्यक्षलाई रेफ्रिजज (आरजे) कमिसन निर्माण गर्न सुझाव दिएको थिएँ। जसअनुसार आरजे कमिसनका लागि नेपाल बक्सिङ संघले उपाध्यक्ष अर्जुनबहादुर केसीलाई जिम्मा दिएको थियो। उहाँले सबैसँगको सल्लाह र सुझावपछि आरजे कमिसन गठनका लागि आवश्यक कुराको रिपोर्ट नेपाल बक्सिङ संघमा बुझाएका थिए। तर किन हो त्यसपछि अहिलेसम्म यो विषयले गति लिन सकेन।
टेक्निकल कमिटी नै अनुपस्थितिमा संघले खेलको निर्णय कसरी गर्दै छ त ?
यस्तो निर्णय नियमविपरीत हो। इन्टरनेसनल एमेच्योर बक्सिङ एसोसिएसन (आईबा) को नियमअनुसार बक्सिङ प्रतियोगितामा टेक्निकल कमिटीको उपस्थिति अनिवार्य मानिन्छ। अहिले हचुवाको भरमा प्रतियोगिताहरू चलिरहेको छ। कतिपय निर्णयहरू सही ढंगले भएको छैन। बक्सिङ संघमा थुप्रै रेफ्री जजहरू छन्। अहिले कुनै प्रतियोगिता गराउँदा तिनै चिनजानको रेफ्रीहरूलाई अनुरोध गरेर खेलाउन थालेको छ। जो सिनियर छ , उसलाई जुरीको जिम्मा दिनेदेखि कुन बाउटमा को रेफ्री राख्ने पनि संघका पदाधिकारीहरूको आफ्नै रोजाइअनुसार हुन थालेको छ।
टेक्निकल कमिटीको अनुपस्थितिमा राखेप च्याम्पियनशिपमा कसरी निर्णय गरियो त ?
नेपाल बक्सिङ संघले आफँखुसी रेफ्री जजहरूलाई जिम्मेवारी दिएको आधारमा निर्णयहरू भएका छन्। नेपाल बक्सिङ संघले रेफ्री जजहरूलाई बोलाएर प्रतियोगिता सञ्चालन गर्न अ¥हाएको भरमा खेलहरू भएका छन्।
एसियाली खेलजस्तो प्रतिष्ठित प्रतियोगितामा खुला छनोट नगरिनु कति जायज छ ?
यो एकदम दुःखद् कुरा हो। प्रतिस्पर्धाका लागि देशभरिकै खेलाडीको समान अधिकार छ। अवसर पाएन भने राम्रा खेलाडी पनि पलायन हुने सम्भावना रहन्छ। यसले खेल नै मर्ने अवस्थामा पुग्छ। पञ्चायती व्यवस्था छँदा मैले पनि यो भोगेको छु। यो राष्ट्रको प्रतिष्ठासँग जोडिएको कुरा हो। मैले प्रमुख प्रशिक्षकलाई यस्तो गर्नुहुन्न भनेको पनि थिएँ। मैले उहाँलाई खुला छनोट गर्नुपर्छ भनेको थिएँ, तर उहाँले पनि बक्सिङ संघले नै खुला छनोट नगर्ने निर्णय गरेको बताए। वास्तवमा प्रमुख प्रशिक्षक राष्ट्रिय खेलकँद परिषद्सँग सम्बन्धित व्यक्ति हुन्, बक्सिङ संघको होइन। त्यसपछि मैले संघका महासचिवसँग पनि फोनमा कुरा गरँे। उनले पनि खुला नै गराउनु भन्दाभन्दै पनि संघले नगर्ने निर्णय लिएको बताएका थिए।
क्याम्पका खेलाडीबीच मात्र भएको छनोटका विषयमा के भन्नुहुन्छ ?
यस्तो हुनु गलत कुरा हो। यसै विषयमा प्रमुख प्रशिक्षक प्रकाश थापा मगरलाई मैले फोनमार्फत खुला छनोट गर्न सल्लाह दिएको पनि हो। एसियाकै सबैभन्दा ठँलो खेलकँद प्रतियोगितामा छनोट हुनका लागि देशभरिका इच्छुक बक्सिङ खेलाडीले प्रतिस्पर्धा गर्न अवसर पाउनुपर्छ भनेको थिएँ। तर प्रमुख प्रशिक्षकले खुला छनोटका लागि बजेट तथा समयको अभाव भएकाले बन्द शिविरका बीच नै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको बताए।
खुला छनोटका लागि संघले खर्च बेहोर्नुपर्ने र समय अभाव भएकै अवस्था हो त ?
यहाँ खर्च मुख्य कुरा रहेन। यदि कोही प्रतिस्पर्धाका लागि इच्छुक छन् भने आफ्नो खर्च आफैंले गरेको पछिल्ला प्रतियोगिताले पनि स्पष्ट पारिसकेको छ। पहिले पनि यसरी नै छनोटका लागि जिल्ला संघमा पत्र पठाउँदा खेलाडीले आफंैले खर्च गरेर आउने गथ्र्यो। अहिले पनि त्यसरी नै गर्न सकिन्थ्यो। अनि समय अभाव भएको पनि म मान्दिनँ। अन्य थुप्रै खेलको पनि छनोट हुन बाँकी नै छ। मैले वैशाखमा छनोट खेल गर्न प्रमुख प्रशिक्षकलाई सुझाव दिएको थिएँ। यति मात्र होइन मैले महासचिव सविन भट्टाचार्यसँग कुरा गर्दा उहाँे पनि खुला छनोट गर्नुपर्नेमा सकारात्मक देखिए पनि अध्यक्ष, प्रमुख प्रशिक्षक र अन्य केही बक्सिङका पदाधिकारीहरू सहमत नभएको जवाफ दिनुभएको थियो।
राखेप च्याम्पियनसिपको भन्दा एसियाली खेलकँदका लागि खेलाडीहरूको तौलमा हेरफेर भएको छ, यसलाई कसरी लिनुहुन्छ ?
आयोजकले दिएको तौलको कोटाअनुसार नै यहाँबाट खेलाडी छनोट हुने गरेको छ। मैले थाहा पाएअनुसार अहिले पुरुषतर्फ ४९ देखि ७५ केजीभित्र चारवटा तौल र महिलातर्फ ५१, ५७ र ६० गरी तीनवटा तौल समँहमा कोटा मागेको भनिएको छ। जसकारण बन्द शिविरमा रहेका कतिपय खेलाडीले आफ्नो तौल घटबढ गरेर छनोट खेलेका छन्।
तौल बदलिएपछि बन्द शिविरकाले मात्रै छनोट खेल्नु कत्तिको जायज छ ?
तौल बदलिएपछि शिविरका खेलाडीलाई मात्र खेलाउनु सरासर गलत कुरा हो। यसरी छनोट गर्दा निष्पक्ष र पारदर्शी हुँदैन। राखेप च्याम्पियनसिपको फाइनलमा पराजित खेलाडीले एसियाली छनोटमा प्रतिस्पर्धा नै नगरी भिन्न तौलमा छनोट हुनु भनेको जानीजानी बदमासी गर्नु हो। आधुनिक सञ्चार माध्यमका कारण संसारको हरेक कुनामा के भइरहेको छ भन्ने कुरा तुरुन्तै थाहा हुने युगमा पनि यसरी अपारदर्शी तरिकाले खेलाडी छनोटको कुरा कसरी लुक्न सक्छ र!
यस्तो हुनुको कारण ?
यसमा धेरै कारणहरू छन्। आधिकारिक रूपमा टेक्निकल कमिटी पुनर्गठन पनि नगर्ने। खेलाडी छनोट गर्ने काम नितान्त टेक्निकल कमिटीको भए पनि कतिपय प्रतियोगितामा नेपाल बक्सिङ संघले आफँखुसी खेलाडी छनोट गरेको छ।
टेक्निकल कमिटीबिना छनोट भएका खेलाडीहरू वास्तवमै एसियाका हकदार हुन् त ?
यो गलत भइरहेको छ। बक्सिङलाई डुबाउने तरिकाले यस्तो भइरहेको छ। यसमा को–को लागिरहेका छन् भनेर नाम तोकेर चाहिँ म भन्दिनँ, तर आफ्नो स्वार्थका लागि बक्सिङलाई माध्यम बनाइरहेका छन्। मैले भरसक मेरो समकालीन मित्र तथा नेपाल बक्सिङ संघका अध्यक्षलाई पनि धेरैपटक गाइड गर्ने कोसिस गरेको छु। तर उहाँ पनि खोई के नबुझेको हो, अडानका साथ निर्णय गर्ने क्षमता नभएको देख्छु। मैले उहाँलाई थुप्रैपटक टेक्निकल कमिटी पुनर्गठनका लागि कुरा राखे पनि उहाँले अर्को मिटिङमा भनेर सार्दासार्दै अहिलेसम्म पँरा गर्न सक्नुभएको छैन। वास्तवमा उनी निक्कै क्षमतावान् मान्छे हुन्। अहिले उनले बक्सिङका लागि नै भनेर निजी पैसा पनि थुप्रै खर्च गरिसकेका छन्। यदि उनले सबैलाई समेटेर लान सकेमा बक्सिङले धेरै उचाइ पाउन सक्छ। मेरो विचारमा केही व्यक्तिले उहाँलाई नै अँध्यारोमा राखिरहेको जस्तो पनि लाग्दै छ।
टेक्निकल कमिटीमा सुपरभाइजरकोे भँमिका कस्तो हुन्छ ?
टेक्निकल कमिटीको प्रमुख नै हो सुपरभाइजर। हालसम्म इन्टरनसनल एमेच्योर बक्सिङ एसोसिएसन (आईबा) द्वारा प्रमाणित १ जना पनि सुपरभाइजर नेपालमा छैनन्। कमिटीको प्रमुख भएको हैंसियतले मैले नै सुपरभाइजिङको जिम्मेवारी सम्हाल्दै आएको छु। हाल नेपाली बक्सिङमा रहेका करिब ९० प्रतिशत रेफ्री तथा जजहरूलाई मैले नै प्रशिक्षण गराएको हुँ। तीमध्ये धेरै सक्षम र इमानदारलाई मेरो अनुपस्थितिमा मैले सुपरभाइजरको जिम्मा पनि दिएको छु।
रेफ्री जज (आरजे) मा आबद्ध हुनुभएको कति भयो ?
कम्तिमा पनि २ दशक पार गरिसकँे। वास्तवमा भन्नुपर्दा दोस्रो दक्षिण एसियाली खेलकँदपछि मैले आरजेलाई रोजेको हुँ। सुरेशसिंह आले, नयनकुमार थापाजस्ता दिग्गज व्यक्तिहरू टेक्निकल कमिटीमा छँदा मैले आरजे गर्थें।
बक्सर दिनेश न्याय खोज्दै
आगामी भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियामा हुने १८औं एसियाली खेलकँद प्रतियोगिताका लागि बक्सिङ खेलाडी छनोट खुलाबाट नभएको कारण अन्तर्राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठ न्यायका लागि भौतारिरहेका छन्।
राखेप च्याम्पियनसिपका स्वर्ण तथा रजत पदक बिजेतालाई मात्रै छनोटमा सहभागी गराउने नेपाल बक्सिङ संघको निर्णयप्रति दिनेशलगायतले विरोध जनाएका हुन्। विगत डेढ दशकदेखि बक्सिङसँग नाता गाँस्दै आएका दिनेशले चैत्र २९ र ३० गते भएको छनोट खेल्न नपाएपछि दुखेसो पोख्दै आएका छन्।
नेपाली खेलकँदको उच्च निकायलाई यसबारे लिखित र मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि न्याय पाउन कता जाने भनेर भौतारिन थालेका छन्। उनले नेपाल समाचारपत्रलाई बताए– ‘कुनै पनि प्रतिष्ठित अन्तर्र्रािष्ट्रय प्रतियोगिताका लागि खुला प्रतिस्पर्धामार्फत खेलाडी छनोट खेलहरू मैले थुप्रैपटक खेलिसकेको छु। खुला प्रतिस्पर्धामार्फत छनोट भएर मैले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेको छु। तर यसपटक भने बिनाखुला प्रतिस्पर्धा नै खेलाडी छनोट गरेकाले मैले खेल्ने अवसर गुमाएँ। यसपटकको छनोट खेल्न पाऊँ भनेर नेपाल बक्सिङ संघ, राष्ट्रिय खेलकँद परिषद्, उच्चस्तरीय एसियाली खेलकँद टिम समिति, राष्ट्रिय टिम तयारी समितिमा मौखिक तथा लिखित जानकारी गराए पनि कुनै प्रतिक्रिया आएन।’ उनले खेलकुद मन्त्रीसँग पनि गुनासो पोखेको भन्दै बताए– ‘मैले खेलकँद मन्त्रीसमक्ष पनि आफ्नो गुनासो पोखेँ। उहाँले नियमविपरीत कुनै कार्य गरेको प्रमाण ल्याउनुस् म कारबाही गर्छु भनेर बताउनुभयो। प्रमाण जुटाउन मसँग कुनै उपाय नभएपछि अहिले म अन्योलमा छु।’
दिनेश गत पुसमा बिर्तामोडमा सम्पन्न राष्ट्रिय खेलकँद परिषद् च्याम्पियनसिपअन्तर्गत बक्सिङ प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका थिए। सेमिफाइनलमा प्रतिद्वन्दी खेलाडीको टाउको आफ्नो निधारमा ठोक्किएर रगत बग्न थालेपछि इन्ज्युरीको आधारमा आफँ पराजित भएको उनले बताए। उनले भने– ‘त्यतिबेला २ राउन्डसम्म राम्रो नै खेलिरहेको थिएँ। तर अन्तिम राउन्डमा प्रतिद्वन्दी खेलाडीको टाउकोसँग मेरो निधार जुधेपछि चोट लाग्यो र रगत बग्न रोकिएन। त्यसपछि इन्ज्युरीको आधारमा पराजित भएको हुँ।’
घरेलु प्रतियोगितामा नेपाल प्रहरीबाट खेल्ने दिनेश २०६१ सालदेखि अहिलेसम्म करिब डेढ दर्जनपटक आफ्नो तौलका राष्ट्रिय च्याम्पियन बनिसकेका छन्। त्यसक्रममा पाँचांै र सातौं राष्ट्रिय खेलकँदमा समेत स्वर्ण जितेका उनले थुप्रै पटक अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि खेलेका छन्। छैठौं राष्ट्रिय खेलकँदमा भने हातको शल्यक्रियाका कारण उनले खेलेका थिएनन्।
निकै अनुभवी एवं खारिएका मुक्केबाज दिनेश नेपाली बक्सिङका आशालाग्दा खेलाडीका रूपमा चिनिन्छन्। यसअघि राष्ट्रिय प्रतियोगिताको च्याम्पियन, दक्षिण एसियाली खेलकँद, एसियन गेम्स र ओलम्पिक क्वालिफाइङ तथा विश्व बक्सिङ प्रतियोगितालगायत महŒवपँर्ण खेलमा सहभागी भइसकेका खेलाडी हुन्। उनले १२औं दक्षिण एसियाली खेलकुदमा भारतका शिव थापाजस्ता विश्व रेन्किङका खेलाडीसँग पँरै ३ राउन्डसम्म खेलेको अनुभवसमेत संगालेका छन्।
यदि आसन्न एसियाली खेलकँद छनोट खुला हुने हो भने अझै पनि जहाँ जस्तोसुकै अवस्थामा पनि खेल्न तयार रहेको दिनेशले बताए। उनी भन्छन– ‘म एसियाली खेलकै लागि बिहानबेलुका तालिममा जुटेको छु।’
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले भने राष्ट्रिय खेलकुद परिषद्को पँर्वनिर्धारित योजनाअनुसार नै बन्द शिविरमा रहेका खेलाडीबीच प्रतिस्पर्धा गराएर एसियाली खेलकँदका लागि खेलाडी छनोट गरेको बताए। अवालेले भने– ‘पौषमा सम्पन्न राखेप च्याम्पियनसिपलाई नै एसियाली खेलकँद र दक्षिण एसियाली खेलकँदका लागि खेलाडी छनोटको आधार मानिएकाले नेपाल बक्सिङ संघले बन्द शिविरमा रहेको खेलाडीबीच नै प्रतिस्पर्धा गराएर खेलाडी छनोट गरेको हो। राखेप च्याम्पियनसिप क्रममा पठाएको पत्रमा नै स्पष्ट रूपमा एसियाली र दक्षिण एसियाली खेलकँदका लागि खेलाडी छनोट भनेर लेखिएको उनले बताए।
यता दिनेशले भने यदि पत्रमा लेखिएको कुरा नै हुबहु पालना गर्ने हो भने आगामी दक्षिण एसियाली खेलकँद प्रतियोगिता पनि यिनै खेलाडीले खेल्नुपर्ने तर्क राखेका छन्। उनले भने– ‘मैले राष्ट्रिय खेलकँद परिषद्, उच्चस्तरीय एसियाली खेलकँद टिम समिति, राष्ट्रिय टिम तयारी समितिमा यो कुरा जानकारी गराउँदा बक्सिङ संघले जस्तो निर्णय गर्छ त्यही नै सदर हुने बताएका थिए।
उनले थप– ‘बक्सिङ संघले भने राखेप सदस्य सचिवले बन्द शिविरका खेलाडीबीच नै छनोट गराउनुभनेर मौखिक रूपमा निर्देशन गरेको भनि बक्सिङ प्रमुख प्रशिक्षकसहित अन्य ३ जना प्रशिक्षकले हस्ताक्षर गरेको पत्र मलाई थमाइयो। यसले राखेप र बक्सिङ संघबीचको एकअर्कालाई निर्णय थोपर्ने काम भएको देखिन्छ। यदि राखेप च्याम्पियनसिपमा स्वर्ण जितेकाहरूलाई मात्र छनोट गरेको भए पनि विवाद हुँदैनथ्यो र मेरो पनि भन्नु केही थिएन। यहाँ त आफ्नो तौलमा दोस्रो भएका पनि तौल बदलिएर छनोट भएका छन्। तौल घटाएर र बढाएर छनोट भएको घटनालाई निष्पक्ष कसरी मान्न सकिन्छ र ? मैले पनि उक्त प्रतियोगितामा काश्यपदक जितेको छु। संघले अरू गर्न नसके पनि कमसेकम पदक जितेकाहरूलाई मात्र भए पनि छनोटमा सामेल गराउनुपथ्र्यो नि।’
वास्तवमा नेपाली बक्सिङमा खेलाडी छनोटमा हुने त्रुटी पुरानै रोगभन्दा फरक नपर्ला। पञ्चायती व्यवस्थामा पनि धिरेन्द्र शाहले आदेशको भरमा आफँलाई मनपर्ने बक्सिङ खेलाडी छनोट गरेको घटना चर्चित बनेको थियो। प्रजातन्त्र आइसकेपछि पनि यसले निरन्तरता पाइनै रहेको छ। केही वर्षअघि मात्र पनि नेपाली बक्सिङमा खेलाडी छनोटमा विवाद भएको थियो। सन् २०१३ मा दक्षिण कोरियामा भएको आइबा वल्र्ड बक्सिङ च्याम्पियनसिपमा कुनै पनि राष्ट्रिय प्रतियोगिता नखेलेका डिना गुरुङले नेपालको प्रतिनिधित्व गरेका थिए। यदि वास्तवमै खेल र खेलाडीको उत्थान गर्ने हो भने सरोकारवाला निकाय यस्तो विषयमा कडा रूपमा प्रस्तुत हुन आवश्यक छ।
प्रतिक्रिया