काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच पार्टी एकताको मिति तय र अन्य विवादित बिषयमा छलफल हुने भएको छ ।
बिहिबारको छलफलमा दुई दलबीच आवश्यक सहमतिको खाकाका बिषयमा समेत छलफल हुने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंग पार्टी एकिकरणको घोषणा ९ गते हुन नसके पनि बैशाख भित्रै एउटै पार्टी बनाएर छाड्ने बताउनु भएको छ ।
बुधबार उहाँले केही महत्वपूर्ण विषयमा छलफल बाँकी नै रहेका कारण ९ गते नै पार्टी एकिकरण गर्न सम्भव नभएको बताउनु भएको थियो । उहाँले एमाले माओवादी पार्टी एकता टरेको नभइ मिति सरेको बताउनु भएको छ ।











प्रतिक्रिया