स्वयम्भुबाट १ किलो सुनसहित २ जना पक्राउ

0
Shares

काठमाडौं । प्रहरीले स्वयम्भु नजिकैबाट १ किलो सुन सहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुले अवैध सुन ओसारपसारमा संलग्न २ जनालाई पक्रेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अपरान्ह पत्रकार सम्मेलनको आयोजना गरेर बिस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।