बुटवल । गुन्डा नाईके मनोज पुनका सहयोगीहरु धमाधम पक्राउ पर्न थालेका छन । हिजो मात्र रुपन्देही प्रहरीले पुनको अपराध यात्रामा सहयोग गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले पुनलाई सहयोग गरेको भन्दै युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई पक्राउ गरेको छ ।
उनलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनलाई भैरहवा ल्याईदै छ ।
बुटवल ७ निवासी मल्ल युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरी आन्दोलनमा नेतृत्व गर्ने र रात परेपछि सम्पुर्ण सुचना मनोज पुनलाई पठाउने गरेको प्रहरीले बताएको छ ।
ति घटनाका समयमा दल र प्रहरी प्रशासन संगको बैठकमा समेत युवा संघको तर्फबाट सहभागी हुने र बैठकमा भएका सवै सुचना समेत मनोज पुनलाई उपलब्ध गराउदै आएको प्रमाण फेला पारेको प्रहरीले बताएको छ ।
मनोज पुनको प्रहरी ईन्काउन्टरको समय सम्म समेत मल्लले पुनलाई सुचना उपलब्ध गराएको भेटियो एक अनुसन्धान अधिकृतले भने । युवा संघको संम्मेलनमा भाग लिन गएका मल्ललाई प्रहरीले गए राती करिव ११ बजे काठमाण्डौबाट नियन्त्रणमा लिएको बताईएको छ ।











प्रतिक्रिया