जता हे¥यो उतै हुलका हुल मानिस छन्। सबैलाई भ्याइनभ्याई छ। वैशाखको महिना किताब पसलेलाई यस्तै हतारो। निजी विद्यालयलाई त भनिसाध्य छैन, मंसिर लागेको छ विद्यार्थी भिœयाउन। तँछाडमछाड छ, लुछाचुँडी छ, तानातान छ, कसैका रित्तो भए, कसैका भरिएर ठाउँ छैन। नभरिनेको मुहार मलिन छ, भरिनेको चुरीफुरी बेग्लै।
अभिभावक पनि उस्तै। कुकुरको पुच्छर १२ वर्षसम्म ढुंग्रोमा हाल्यो बाङ्गाको बाङ्गै भन्याजस्तो। जति चर्को शुल्क लियो उति राम्रो ठान्ने रहेछन्। कम शुल्क लिएका त विद्यालय नै होइनन् भनेजस्तो ठान्ने।
यता सरकार भर्ना अभियान चलाएर अभिभावकत्व ग्रहण गर्न हिँडिरहेको छ। हिजो बुधबार त प्रधानमन्त्रीले सिरहाका दुई जनालाई अभिभावकत्व ग्रहण गर्नुभयो। यता सरकार विद्यार्थी खोज्दै गाउँघर शहरबजार घुम्दै छ भने उता निजी विद्यालयमा छानाछान फालाफाल छ। शिक्षाको नतिजा हेर्ने हो भने सामुदायिकभन्दा निजी अघि छ, सरकारको लगानीचाहिँ सामुदायिकमा छ।
अस्ति एउटा कार्यक्रममा उपमेयरज्यू कराउँदै हुनुहुन्थ्यो– तलबभन्दा बढी कसरी भर्ना फी तिर्ने भनेर। धरहराको सुझाव छ– तलबभन्दा बढी भर्ना फी होइन निःशुल्क सामुदायिक विद्यालयमा आफ्ना बच्चा पढाऔं। अनि त टन्टा नै खत्तम कि कसो, पाठकवृन्द!
प्रतिक्रिया