विदु्र नगरपालिकाको मनोमानीः भुकम्पपिडितहरुलाई राहात दिने भन्दै वालुवा वितरण

0
Shares

शालिकराम चालिसे, नुवाकोट । प्रदेश कानुन नवनेकै अवस्थामा विदु्र नगरपालिकाले भुकम्पपिडितहरुलाई राहात दिने भन्दै वालुवा वितरण शुरु गरेको छ । विदु्र नगरपालिकाले वडा नं १० को गेर्खुटारमा भुकम्पपिडितहरुलाई राहात दिने भन्दै वालुवा वितरण शुरु गरेको छ ।

प्रदेशको कानुन नबनाएसम्म कुनैपनि स्थानिय निकाययहरुले प्राकृतिक स्रोतको उत्खनन तथा प्रयोग गर्न नपाइने भएपनि नगरपालिकाले भुकम्पपिडितहरुलाई राहात दिने भन्दै वालुवा वितरण शुरु गरेको विदुर नगरपालिका वडा नं १० का वडाअध्यक्ष गणेश नेपालले बताउनुभयो ।

वडाअध्यक्ष गणेश नेपालले भुकम्पपिडितहरुलाई राहात वितरण गर्न तथा नगरपालिकाले पुननिर्माणलाई तिव्रता दिन वालुवा वितरण गरिएको बताउनुभयो । वालुवा लगेवापत भुकम्पपिडितहरुसँग नगरपालिकाले २५ सय रुपैया र वडा कार्यलयले ११ सय रुपैया लिएर वालुवा दिने गरेको भुकम्पपिडितहरुले बताएका छन ।

भुकम्पपिडितहरुले नगरपालिकाले दिएको वालुवा महँगो भएको बताएका छन । तर विदुर नगरपालिका वडा नं १० का अध्यक्ष गणेश नेपाल नुवाकोटमा वालुवा नै नभएको अवस्थामा वालुवा महँगो नभएको बताउँछन ।

नगरपालिकाले दुई दिनमा ७५ ट्रिपरभन्दा बढी वालुवा उत्खनन गरि प्रति ट्रिपर २५ सय रुपैयाको दरमा २६ लाखभन्दा बढी राजश्व संकलन गरेको छ भने वडा कार्यलय प्रति गाडी ११ सय रुपैयाको दरमा ८३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले भुकम्पपिडितहरुलाई वितरण गरेको वालुवा नुवाकोटको सबै स्थानमा वितरण गर्नसक्ने वडा नं १० को वडा कार्यलयले जनाएको छ ।