प्रधानमन्त्री सिरहा प्रस्थान

0
Shares

सिरहा। प्रधानमन्त्री केपी शर्मा ओली सिरहा प्रस्थान गर्नुभएको छ । आजै सवा ११ बजे कल्याणपुरमा रहेको रामदुलारी मावि पुगेर उहाँले एक बालिकालाई स्कुल भर्ना गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभएको छ ।

त्यहाँ ५ वर्षकी मनिषाकुमारी मल्लिक डोमलाई उहाँले स्कुल भर्ना गर्नुहुने अधिकारीको भनाइ छ । उहाँका अनुसार देशभरमै कम साक्षरता रहेको डोम समुदायका बालबालिकालाई पढ्न पठाउने अभियान अनुसार प्रधानमन्त्री आफैं स्कुल पुगेर बालिकालाई भर्ना गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपील गर्नुभएको छ । यसअनुसार मन्त्री, सांसद तथा कलाकारले देशका बिभिन्न ठाउँका बालबालिकालाई स्कुल भर्ना गरेका छन् ।