चिनीको भन्सार मूल्य दोब्बरले बढ्यो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सरकारले विदेशबाट आयात गरिने चिनीको भन्सार मूल्यमा शतप्रतिशत वृद्धि गर्दैै ३० प्रतिशत भन्सार मूल्य लागू गर्ने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले उखुको मूल्यमा पनि प्रतिक्वीन्टल पाँच रुपियाँ ५६ पैसा बढाउँदै प्रतिक्वीन्टल ५३६ रुपियाँ ५६ पैसा कायम गरेको छ। सरकारले उखुको मूल्य बढाए पनि चिनीको उत्पादन मूल्य प्रतिकिलो ७० रुपियाँबाट बढ्न नदिने पनि निर्णय गरेको छ। सरकारले स्वदेशी चिनीलाई प्रवद्र्धन गर्नका निम्ति आयातित चिनीको भन्सार मूल्य तथा उखुको मूल्यवृद्धि गरिएको सरकारको दाबी छ।

यसैबीच मंगलबारको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माण गर्न सतुंगल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा एकीकरण योजना सञ्चालन गर्न उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ।