ट्याङ्करभित्र गाँजा

0
Shares

काठमाडौं, (नेस)
लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मकवानपुरको थाहा नगरपालिका–११ बस्ने सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ बस्ने इमानसिंह स्याङ्बोलाई १ सय ६० केजी गाँजासहित पक्राउ गरेको छ। ना४ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्याङ्करभित्र ७ वटा प्लास्टिक बोरामा डोरीले बाँधेर राखेको अवस्थामा प्रहरीले उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको थियो।

गाँजा लिएर भारततर्फ जान लागेका उनीहरूलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको बताएको छ। पक्राउ परेका उनीहरू लामो समयदेखि लागूऔषधको कारोबारमा संलग्न रहेको ब्युरोले जानकारी दिएको छ।