गणपति तालिम सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सिसं २ गणपति तालिमको समापन गर्नुभयो।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा वैशाख २ गते आयोजित तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो। उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक किरण बस्नेत सर्वप्रथम भएका छन् भने रिसर्च पेपरतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक सूर्यबहादुर सेन वली उत्कृष्ट ठहरिएका छन्।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कमान्डर तहका अधिकृतहरूलाई व्यावसायिक क्षमतायुक्त सक्षम र दक्ष बनाउँदै उनीहरूको वृत्तिविकासमा टेवा पुर्याउने अभिप्रायले गणपति तालिम सञ्चालन गरिएको बताउनुभयो।
विगतका विधि र प्रक्रियालाई समयसापेक्ष परिस्कृत गर्दै संगठन एउटा पद्धतिअनुसार अगाडि बढ्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भन्नुभयो– ‘संगठनका कामकारबाहीहरू विधिले सञ्चालन हुनेछन्, कार्यक्षेत्रमा जसले राम्रो काम गर्छ उसैको वृत्तिविकास हुन्छ।’
उहाँले कमान्डर भएर फिल्डमा खटिँदा मातहतका कर्मचारीको परिचालन तथा आवश्यक रणनीति तयार गर्दै उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गरी राष्ट्र र नागरिकको हितमा उत्कृष्ट भूमिका निर्वाह गर्न सक्ने धैर्यवान्, व्यावसायिक, इमानदार एवं कर्तव्यनिष्ठ अधिकृत उत्पादनमा यो तालिम परिलक्षित रहेको उल्लेख गर्नुभयो।
सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनका क्रममा संगठनको नीतिनिर्देशन एवं म्यान्डेटभित्रको कार्यलाई त्रुटिरहित ढंगबाट पूरा गर्न सक्ने नेतृत्व क्षमता, कार्यकुशलता र दक्षता अभिवृद्धिका लागि यस किसिमको तालिम ज्यादै उपयोगी रहेको चर्चा गर्नुभयो। उहाँले दक्ष जनशक्ति उत्पादनका लागि संगठनले लिएको उद्देश्य परिपूर्तिमा केन्द्रित रही प्रतिष्ठानले विभिन्न किसिमका प्रशिक्षण कार्यलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्दै आइरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दीप श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै व्यावसायिकरूपमा सक्षम अधिकृत तयार गर्ने लक्ष्यका साथ सम्बन्धित क्षेत्रका विज्ञहरूद्वारा प्रशिक्षण प्रदान गरिएको चर्चा गर्नुभयो। तालिममा सहभागी प्रशिक्षार्थीलाई स्टाफ ड्युटी, कमान्ड एन्ड म्यानेजमेन्ट, क्राइम कन्ट्रोल, इन्टेलिजेन्स, अपरेसन अफ वार, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐननियम तथा सशस्त्र प्रहरी बल नेपालको कामकारबाहीलगायतका विविध विषयवस्तुलाई समेटेर प्रशिक्षण दिइएको थियो।
आइतबार ठिमीको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ।वर्षौंदेखि बुद्धकृष्ण बाग श्रेष्ठ र उनको परिवारले जिब्रो छेड्दै यो प्रथा चलाइरहेका छन्।   तस्वीरः मोनिका मल्ल