राष्ट्रपति भण्डारी भक्तपुरमा

0
Shares

नेपाल समाचारपत्र
भक्तपुर
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार भक्तपुरमा पुग्नुभएको छ। राष्ट्रपति भण्डारीले नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकास्थित श्यामाश्यामा धाममा आयोजना भएको त्रि–दिवसीय साधना एवं राष्ट्रिय साधक भेलाको उद्घाटन गर्नुभएको छ। कार्यक्रममा उहाँले राधाकृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले धामका विभिन्न धार्मिक संरचना र धामले तयार पारेको वृत्तचित्र अवलोकन गर्नुभएको थियो।

कार्यक्रममा धामका संगीता दिदीले धामको अवस्था र साधनाको महत्वमाथि प्रकाश पार्नुभएको थियो। राष्ट्रपति भण्डारीलाई मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, धामका स्वामी हरिदाससंगै प्रतिनिधिसभा सदस्य महेश बस्नेत, ३ नं. प्रदेशसभा सदस्य शशीजंग थापा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललगायतले स्वागत गर्नुभएको थियो। ३ दिनसम्म चल्ने साधना एवं भेलामा देशभरबाट ५ सयभन्दा बढी साधक तथा साधिकाहरूको सहभागिता रहेको छ।