रुकुममा ट्याक्टर दुर्घटना हुँदा १८ घाइते, १ गम्भीर

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७, साँख नजिकै मध्यपहाडी लोकार्गमा ट्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

सा“खबाट सोही ठाउ“को रोटेपानी जादै गरेको रा १ त २२६८ नम्वरको ट्याक्टर शनिबार विहान दुर्घटना हुँदा ट्याक्टरमा सवार १८ जना घाइते भएका हुन् । वनभोज जान ट्याक्टर चढेकाहरु दुर्घटनामा परेका हुन् ।

घाइते मध्य मुसीकोट–७, की २० वर्षीय पवित्रा पुनलाई नेपालगञ्जल पठाइएको छ । उकालोमा ट्याक्टरको ट्रली फर्किएर दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार रहेको र ट्याक्टर मालिकलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।