कानुन सम्मान पुरस्कार वितरण भव्यरूपमा सम्पन्न

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
कानुन व्यवसायी क्लब र शंकरलाल केडिया फाउन्डेसनले विगत ९ वर्षदेखि प्रदान गर्दै आएको स्व. शंकरलाल केडिया कानुन सम्मान पुरस्कार, कानुन युवा पुरस्कार, उत्कृष्ट कानुन पुस्तक लेखन पुरस्कार एवं कानुन पत्रिकामा वर्षभरिमा प्रकाशित लेख, रचनामध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरूलाई सर्वाेच्च अदालतका का.मु. प्रधानन्यायाधीश दीपकराज जोशीले राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार एवं सम्मान प्रदान गर्नुभयो ।

१ लाख १ हजार राशी रहेको स्व. शंकरलाल केडिया कानुन सम्मान पुरस्कार यस वर्षको निमित्त वरिष्ठ अधिवक्ता युगलकिशोर लालले प्राप्त गर्नुभयो भने युवा स्मृति कानुन पुरस्कार प्रदेश नं. २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्रकुमार झा र स्व. शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यद्वारा लिखित दुस्कृति कानुन पुस्तकका लागि प्रदान गरियो।

यस्तै कानुन पत्रिकामा प्रकाशित उत्कृष्ट लेख रचनाका १७ जना लेखकलाई समेत का.मु. प्रधानन्यायाधीश जोशीले पुरस्कार प्रदान गर्नुभयो।