नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७५ ले सम्पूर्ण नेपालीमा सुख समृद्धि र शान्ति छाओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षले सबै नेपालीमा नयाँ जोश, उमङ्ग तथा खुसी छर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ वर्षले सबै नेपालीको ओठमा खुसी ल्याओस्, शान्ति समृद्धि छाओस् भनी शुभकामना दिनुभएको छ । समृद्ध शान्त नेपाल आफ्नो चाहना भएको उल्लेख गर्दै उहाँले सबै नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यसै गरी पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नव वर्ष २०७५ ले सबै अटाउने राजनीति, सबैको शिर ठाडो हुने राष्ट्रिय भावना, अटल सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता, धीर राष्ट्रप्रेम तथा सबैको समुन्नति प्रदान गरोस् भनी शुभकामना दिनुभएको छ ।

उहाँले आदर्श र अठोटबाट प्रेरित मुलुकको एकीकरण जीवन्त राख्ने महान् व्यक्तित्वहरुको स्मरण गर्दै समस्त नेपालीमा सुख, शान्ति तथा समुन्नति छाओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
शब्द जालहरुको भुलभुलैयामा राखेर राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने खतरा बढेको जनताले महसुस गरेको र वर्तमान अवस्था पनि यही भएको विज्ञप्तिमा उल्लेख छ ।