रारामा पर्यटन वर्षको तयारी तिब्र, मन्त्रिदेखि आगन्तुक सम्म भरिए

0
Shares

बीरबहादुर बम, मुगु ।

कर्णाली–रारा पर्यटन वर्ष २०७५ शुभारम्भको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्षको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा सहभागी हुन प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु, सञ्चारकर्मीहरु रारा आइपुगेका छन् । अतिथि व्यवस्थापन, स्वागत गेट, मञ्च व्यवस्थापन लगायतका तयारीहरु अन्तिम चरणमा पुगेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले जानकारी दिए ।

नया वर्षसंगै प्रदेश सरकारको निमन्त्रणमा यहा“ आउने आगन्तुकहरुलाई आवास व्यवस्थापन गर्न टेन्ट बनाइएको छ । करिब डेढ सय टेन्ट छन् । पर्यटन वर्षकै सुरु दिनमा पाहुनाहरुलाई खाना, बस्नको दुःख नहोस् अस्थायी होटल सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरुका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना तथा आवास व्यवस्थापनको जिम्मा लिएको छ भने प्रदेश मन्त्रीहरुलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ । सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतलाई टेन्टमा बसाल्ने तयारी छ ।

जिल्ला मूल समारोह समितिका संयोजक पूर्णबहादुर रोकायाले पर्यटन वर्ष उद्घाटनको सबै तयारी अन्तिम चरणमा पुगेको जनाए । त्यस्तै, पर्यटन वर्ष उद्घाटनका लागि वल्डलिंकले इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमका लागि नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालित छन् ।
प्रदेश सरकारको पहिलो बैठकले नया वर्षका अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो । ‘कर्णाली सम्वृद्धिको आधार ः पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो ।

प्रधानमन्त्री ओली शुक्रबार रारा आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा प्रदेश सरकारको मन्त्रीपरिषद बैठक बस्नेछ । बैठकमा मुगुको तिब्बत नाका नाक्चेनाङ्गलालाई राष्ट्रिय प्राथमिकतामा पार्न प्रधानमन्त्रीसमक्ष अनुरोध गर्ने तयारी भएको प्रदेश सरकारका एक मन्त्रीले बताए । प्रधानमन्त्रीले शनिबार बिहान ८ बजे राराबाट देशबासीका नाउमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका पे्रस संयोजक चेतन अधिकारीका अनुसार सम्बोधन लगत्तै प्रधानमन्त्री हुम्लाको हिल्सा नाका पुगेर ११ बजे पुनः रारा फर्किनेछन् । रारामा प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यतालिका छ ।

१२ बजे पर्यटन वर्ष उद्घाटन सकेर २ बजे जुम्ला प्रस्थान गर्दैछन् । जुम्लामा उनकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ । मुगुमा रहदा प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्नुका साथै विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ । आज साझ कर्णालीको रारामा प्रधानमन्त्रिको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशको पहिलो बैठक बसकेको छ कणाली प्रदेश बनाउँन आफू बन्नु भन्दा प्रदेश बनाउनतिर लाग्नु पर्ने प्रदेश मन्त्रिलाई सुझव दिनु भएको थियो ।