एयरलाइन्सविरुद्ध अनौठो क्षतिपूर्ति माग

0
Shares

शिकागो, (एजेन्सी)
अमेरिकाको शिकागो उड्डयनमा कार्यरत एकजना पूर्व सुरक्षा अधिकारीले एयरलाइन्स र सम्बन्धित शहरविरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन्। जेम्स लोंगलाई गत वर्ष उडानको क्रममा एकजना मानिसलाई घिसार्दै गरेको कारण जागिरबाट निकालिएको थियो।

लोंगले शिकागोको उड्डयन विभाग (सीडीए) र यसका आयुक्तविरुद्ध आफूलाई कसरी बल प्रयोग गर्ने भन्ने तालिम नदिएको आरोप लगाउँदै मुद्दा हालेका हुन्। गत वर्षको अप्रिलमा युनाइटेड एयरलाइन्सका कर्मचारीका लागि ठाउँ बनाउन डेविड डाओ नामको यात्रुलाई जबरजस्ती तानेर विमानबाट निकालिदिएका कारण उनलाई बर्खास्त गरिएको थियो।

यस घटनाको फुटेज सामाजिक सञ्जालमा राखिएपछि अन्तर्राष्ट्रिय जगतले आक्रोस व्यक्त गरेको थियो। फलस्वरूप शिकागोको ओ हेयर अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो विरोध प्रदर्शनको आयोजना हुनुको साथै युनाइटेड एयरलाइन्सको जनसम्पर्क मामिला धराशयी नै भएको थियो।

गत वर्षको ९ अप्रिलमा शिकागोबाट केन्टुकीको लुइजभिल्लेतर्फ उड्न लागेको सो विमानबाट ६९ वर्षीय भियतनामी–अमेरिकी चिकित्सक डाओलाई जबरजस्ती सिट छाड्न लगाइएको थियो।

उक्त झडपका क्रममा डा. डाओको दुईवटा दाँत र नाक भाँचिएको थियो। पछि उनले सार्वजनिक नगरिएको परिमाणमा एयरलाइन्ससँग पैसा लिएर मिलापत्र गरेका थिए। एयरलाइन्सले उनीसँग सार्वजनिक रूपमा क्ष्ँमा पनि मागेको थियो।