बलात्कार घटनाको छानविन गर्न आदेश

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
भारतको उत्तर प्रदेश राज्यका एक विधायकमाथि लगाइएको बलात्कारको अभियोगमाथि संघीय छानविनका लागि बिहीबार सरकारले आदेश दिएको छ। सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का ५० वर्षीय विधायक कुलदिप सिंह सेन्गारलाई गतवर्ष एक १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोग लागेको थियो।

तर उनले सो आरोप अस्वीकार गरेका थिए। प्रहरीले आफूमाथि भएको बलात्कारको उजुरी दर्ता नगरेको भन्दै नाम नखुलाइएकी ती पीडित किशोरीले मुख्यमन्त्रीको घरसामुन्ने आत्महत्याको प्रयास गरेकी थिइन्।

गत सातामात्र सेन्गारका समर्थकहरूसँग भिडन्त भएपछि उनका पिताको मृत्यु भएको थियो। तर ती विधायकलाई कहिले पक्राउ गरिएला भन्ने स्पष्ट हुन सकेको छैन। उत्तरी भारतीय राज्यको प्रहरीले केन्द्रीय जाँचबुझ ब्युरोको ेनिर्देशन मिलेपछि मात्र उनलाई गिरफ्तार गरिने जनाएको छ।