परराष्ट्रमन्त्री ज्ञवाली चीन जाने

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ। भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जादै हुनुहुन्छ।

परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली आगामी सोमबार चीन प्रस्थान गर्ने तयारीमा जुट्नुभएको छ। दुवै मुलुकबीच विगतमा भएका सहमति÷सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समीक्षा गर्न र उच्चस्तरीय भ्रमणको तयारीका लागि उहा बेजिङ जाने तयारीमा जुट्नुभएको हो। चिनिया समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुट्नुभएको हो।