क्यान्सरको बहानामा ठगी

0
Shares

सिडनी, (एजेन्सी)
आफूलाई भयानक क्यान्सर रोग भएको बहाना गर्दै साथीहरूबाट पैसा संकलन गर्ने एक अस्ट्रेलियाली महिलालाई बुधबार ३ वर्ष लामो कारावास सजाय सुनाइएको छ।

२४ वर्षीया हान्ना डिकर्सनले आफ्ना अभिभावकसँग पनि विदेशमा उपचार गराउनुपर्ने भन्दै ३१ हजार अमेरिकी डलर लिएकी थिइन्। उनका अभिभावकहरूले उनको क्यान्सर उपचारका लागि भनेर आफ्ना साथीहरूबाट चन्दा सहयोग संकलन गरेको अदालतले जनाएको छ।

अदालतले डिकर्सनले अधिकांश पैसा घुम्न र अन्य रमझममा खर्च गर्ने गरेको पनि जनाएको छ। उनीविरुद्ध मेलवर्न मजिस्ट्रेट्स कोर्टले लाजै पचारएर ठगीकै उद्देश्यले अवैध ढंगबाट पैसा संकलन गरेको सातवटा अभियोग लगाएको हो। उनको यस व्यवहारका कारण मानिसहरूको समाज सेवा गर्ने इच्छा र विश्वासमा नै कुठराघात भएको पनि बताइएको छ।