मुलुकी ऐन लागू भएको वर्षौं भयो। वर्ग व्यवस्थालाई सरापेको वर्षौंक भयो। मुक्तिका कुरा गरेर पदमा पुग्ने हजारौं भए तर आजका दिनसम्म दलितप्रतिको दुव्र्यवहार जीवितै छ, जसले हामी मानवलाई गिज्याइरहेको छ। सानो छँदा जनगायक रामकृष्ण ढकालका गीत सुनियो, जेबी गीत सुनियो, नवयुवा हुँदा शिव परियारका गीत सुनियो। सुन्ने मात्र होइन, जीवन शर्माको ठूली नाटक हेरियो।
नाटकमा समेत बन्द गर भन्न आउँथे भन्ने जीवन शर्माको तीतो अनुभवसमेत सुनियो। देशमा धेरै व्यवस्था आयो। युवाको योगदान आयो तर फिर्ता पाउने बेला अरू नै पुग्ने देखियो। दलित र बाहुनक्षत्रीका कर्मकाण्ड मिल्छन्, देशैभरि दलित छन्। पहिला–पहिला दलित हुँ भन्नेमा ठूलो पीडा हुँदैन तर जब स्कुलमा खाजा बाँड्दा भिन्न राखेर दिन्छन् अनि त्यो बालमस्तिष्कमा ठुलो चोट पुग्छ। घर पुगेर सोध्छ, तर उत्तर केही छैन, मात्र भनिन्छ– पहिल्यैदेखि यस्तै थियो के गर्नु। म आफू मदिरा सेवन नगरे पनि मेरा मदिराका भोका साथीहरू थुप्रै छन्। पढेलेखेका साथी पनि छन्, जो मदिरा खाँदा दलितसँग बसेर खाने तर भात खानुपर्दा घरमा बा–आमा वा बूढीले कुरेर बसेकी छ भनी ल्वाङ टोकेर भट्टीबाट घर पुगेको पनि देखेको छु। पढेलेखेका भनिएकामा यस्तो छाप कायम छ भने अनपढ र नबुझेकाको हालत के होला।
एक दिनमा तीनजना किरोशीको बलात्कार हुन्छ नेपालमा भन्ने तथ्य आएका छन्। यो बलात्कारको आँकडामा दलित महिला अग्रस्थानमा छन्। बलात्कार गर्ने उही समुदाय र त्यो बाहेक बाहिरबाट पनि छन्। दलित समुदायका मान्छेको स्कुलमा खाजा चल्दैन, धारामा पानी चल्दैन तर जवानी अर्थात् बलात्कारका लागि चल्छ। यदि घरको पिँढीमा गुन्द्री, पिर्का र फालेको काठको मुढा छ भने दलितलाई काठको मुढामा बस्न भनिन्छ, जुन कुरा आज पनि छ। गाउँको दुग्ध सहकारीमा एक पुजारीले दूध लान छोडे। किन भनेर सोधेको, त्यहाँ दलितको दूध मिसिन्छ भने। दलितको दूध राख्दैनन् सहकारीमा भन्ने समाचार त यहाँ बजारवासीले सुनेकै छन् होला।
दलितसँग प्रेम गर्ने तर दलित भएकै कारण घर भित्र्याउन नसक्ने आधुनिक प्रेमी पनि छन्। दलित महिला वडाध्यक्षले भन्दै थिइन्– गाउँमा केही समस्या परेर जाँदा बाहिरै बसेर खान्छु। न्याय दिने ठाउँमा पुगेकी दलित राजनीतिकर्मीको यो स्थिति छ। दलितप्रति दुव्र्यवहार चरम छ। देख्छु– आजकाल दलितको विवाहमा मन्दिरको विवाह हो भने जान थालेको तर त्यही विवाह गाउँबाट भयो भने जान मान्दैनन्। बूढापाकाका कुरा छोड्नुस्, युवा नै जाँदैनन्। मानव बेचबिखनका घटनाहरू केलाएर हेर्नुस्, त्यहाँ दलित भनेर दलालले बेच्न छोडेका छैनन्। अझ वर्षौंसम्म महिलालाई बेचबिखन गर्ने नै जनप्रतिनिधि छन्। दलित महिलाको शरीरमा कुनै खोट छैन तर अरू उनको व्यवहारमा सबै खोटैखोट देख्छ समाज।
समाज आजकल मुद्दा देखाएर माथि–माथि पुग्न मात्रै खोज्छ। जनजातिको समर्थनका कुरा ग¥यो, एउटा पद पाएपछि चुप। दलितका अधिकारका कुरा ग¥यो, एउटा पद हात लागेपछि चुप। यसरी नै दलितलाई बँझाएर खाएका छन्। यहाँ मेरो लेखाइको आशय दलित बलात्कार बेठिक अरू ठीक भन्ने होइन, तर बलात्कारका घटनामा दलित महिला बलात्कृत हुँदा राज्यका निकाय र समाजले कम चासो दिन्छ।
अझ अधिकारकर्मीसमेत विभेद गर्छन्। यसरी दलितका बारेमा बोल्नु, लेख्नु दलितकै ठेक्का सम्झेका छौं तर यो सामाजिक समस्या हो, हाम्रो अज्ञानता हो। पहाडमा हुने बलात्कार र मानव बेचबिखनमा थर आउनासाथ प्रायः थाहा पाउँछौं– गैर दलित र दलित। तर तराईमा दलितका अनगिन्ती थर छन्। भारत लगेर बेचिएकी हुन् वा नेपालमा इज्जत लुटिएकी हुन्, उनको बारेमा बहस हुँदा तराईमा मात्र भनिन्छ। यसले गर्दा दलित महिलाका घटना भएका धेरै बाहिर आएर पनि बुझेका थोरै छन्। समग्रमा, दलितलाई कहाँ–कहाँ विभेद छ ? यो प्रस्टै छ। हामीले पनि दलितका विभेदलाई विश्लेषण नगरी हल्का बनाएका छौं। एउटी दलितको जवानी चोखो र अछूत नहुने तर पानी अछूत हुने, यो व्यवहार कहिलेसम्म ? एक–दुई दिनको सहभोजले होइन, अब दलित हिंसाका घटनालाई फौजदारीकै रूपमा लिई समाजमा अरूलाई प्रस्ट पार्न जरुरी छ।
– अप्सरा सेन्चुरी, मकवानपुर
प्रतिक्रिया