इन्ट्याग्रीटी आइडलको मनोनयन खुला

0
Shares

काठमाडौं,(नेस)
इन्ट्याग्रिटी आइडल २०१८ को मनोनयन खुला गरेको छ । एकाउन्ट्याबिलिटी ल्याबले सन् २०१४ देखि शुरू गरेको अभियान नेपालको सरकारी संयन्त्रभित्र सकारात्मक मनोवृत्ति र अभ्यासको खोजी गर्ने आम नागरिकको अभियानअन्तरगत सन् २०१८को आइडलको घोषणा गरेको हो।

पूर्णरूपमा सरकारी सेवा (निजामती÷ शिक्षा) मा रहेर देशको भौगोलिक, राजनीतिक, सांस्कृतिक र नीतिगत जटिलतालाई प्रवाह नगरी सेवाग्राहीलाई सहज र सरल सेवा प्रदान गर्ने राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्दै आएको अभियानले यस वर्षलाई पनि निररन्तरता दिँदै मनोनयन खुल्ला गरेको हो।

थोरै पनि सम्झौता नगर्ने जुनसुकै ओहोदाका राष्ट्रसेवक कर्मचारीहरूलाई आमनागरिकलाई कर्मचारीले प्रदान गरेको सेवाका आधारमा र सकारात्मक अभ्यासका आधारमा मनोनयन गर्न सक्नेछन्। कर्मचारीका सहकर्मी वा स्वयं कर्मचारी आफंैले पनि मनोनयनका लागि आवेदन दिन सक्नेछन्।

जनमुखी सेवा प्रवाहमा जोखिमयुक्त चुनौतीको सामना गर्दै आफ्नो क्षेत्रबाट प्रशासनिक सुधारमा लागि परेका कर्मचारीले सम्मानको अनुभूति गरून्, अन्य कर्मचारीका लागि उदाहरणीय बन्न सकोस् भन्ने मूल ध्येय राखेर आइडल अभियान शुरू गरिएको बताइएको छ।