मौसम अझै दुई दिन गडबड हुने

0
Shares

काठमाडौं, (नेस)
बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको दोहोरो प्रभावका कारण मुलुकभरको मौसम धुमिएको छ। अधिकांश भेगमा मध्यम र हल्का वर्षासमेत भएको छ।

यस्तो प्रभाव अझै दुई दिनसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धेरै ठाउँको मौसम बदलिने, क्षणिक र हल्का क्षणिक वर्षाको सम्भावना अझै दुई दिनसम्म जारी रहने महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो। ‘भोलि पनि अपरा≈नपछि धेरै स्थानको मौसम गडबड रहन्छ, खास गरी पहाडी भेगका अधिकांश स्थानको मौसम प्रभावित रहनेछ’ –बुधबार साँझ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

पोखरा र आसपासका क्षेत्रमा विकास भएको स्थानीय वायुको प्रभावले बुधबार अपरा≈न काठमाडौं र आसपासका भेगको मौसम धुमिएको पौडेलले बताउनुभयो। मनसुन पूर्वाद्धको समय शुरू भएकाले हिजो–आज मौसममा उतारचढाव आउनु स्वभाविक भएको मौसमविद्हरू बताउँछन्। बुधबार मुलुकका अधिकांश भेगमा हल्का र मध्यमस्तरको वर्षा भएको छ। विराटनगरमा सबैभन्दा बढी ६५ मिलिमिटर वर्षा भएको छ भने, धनगढीमा २७, डडेल्धुरामा २० र पोखरामा १३ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ। त्यसै गरी सिमरामा ९, ताप्लेजुङमा ८, दिपायलमा ६, धनकुटा र भैरहवामा ५÷५, जुम्लामा ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।