काठमाडौं, (नेस)
प्रहरी महानिरीक्षकमा बढुवा हुनुपर्ने जिकिर गर्दै आउनुभएका डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिनुभएको छ।
आईजीपीको रेशबाट आउट हुनुभएका खरेलले बुधबारबाटै लागू हुने गरी राजीनामा दिएको बताउनुभएको छ। कामभन्दा पनि भाषणले चर्चामा आउने गर्नुभएका डीआईजी खरेललाई सरकारले आईजीपी नबनाएपछि राजीनामा दिएको बताइएको छ।
सरकारले मंगलबार साँझ बसेको दोस्रो मन्त्रिपरिषद्को बैठकले वरिष्ठताको आधारमा डीआईजी सर्वेन्द्र खनाललाई आईजीपीमा बढुवा गरेको थियो।
डीआईजी खरेलले पदबाट राजीनामा दिएकै दिन सरकारले उहाँको राजीनामा स्वीकृत गरेको छ।
प्रतिक्रिया