चट्याङ लागेर एकको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर।
हावाहुरी र पानीसंगै परेको चट्याङ लागेर झापाको कचनकवलमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका १ कुटी बजार निवासी ५५ बर्षीय महेशलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । सीमापारी भारतीय बजार गएका यादवलाई घर फर्किने बेलामा बाटोमा मंगलबार बेलुका ८ बजेतिर चट्याङले हानेको थियो ।

चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि भद्रपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको झापा प्रहरी कार्यालयका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।