कालीवहादुर मल्ल, कालिकोट ।
जिल्लाको कालिका गाउँपालिकाका युवाहरुले सूचनाको हक कार्यन्वयनका लागि स्थानीय सरकारलाई आग्रह गरेका छन । उनिहरुले सोही गाउँपालिकामा भएका गतिविधिको जानकारी पाउँ भन्दै मंगलबार सूचनाको हक सम्वन्धि ऐन ०६४ अनुसार ८ वटा सूचना माग्दै निवेदन दिएका छन् ।
निवेदनमा सूचनाको हकसम्वन्धि ऐन २०६४ को दफा ७ वमाजिम आवश्यक प्रमाणित प्रतिलिपि उपलव्ध गराउनका लागि गाउँपालिकाका सूचना अधिकारी एवम कार्यकारी प्रमुख योगेश्वर पाण्डेलाई अनुरोध गरिएको छ ।
यस्तै निवेदनमा अफिस व्यवस्थापनको लागि आएको वजेट खर्चको विल भर्पाइ,सर्वे डिआरपिको सक्कल सम्झौता प्रतिलिपि,विकास योजना विनियोजित वजेट र उपभोक्ता समितिको माइनट,गाउपालिका वडापालिकामा खरिद भएका मोटर वाइकको खरिद प्रक्रियार विल भपाईको विवरण माग गरिएको छ । यस्तै करार कर्मचारिको नियुक्ति प्रक्रिया र निणर्य माइनट प्रतिलिपि र गाउँपालिकाको वजेट सिलिंग प्रतिलिपि भर्मण खर्चको विल भपाई तथा अवलोकन प्रतिवेदको प्रतिलिपि समेत माग गरिएको छ ।
कालिका गाउँपालिका निवासी लवराज शाही,भिमप्रसाद आचार्य,विरेन्द्र आचार्य,यज्ञावहादुर शाही र हेमराज शाहीले हस्ताक्षर गरेको निवेदनमा आफूहरुले मागेको सूचना उपलव्ध गराई नेपालको संविधान २०७२ धारा २७ र सूचनाको हक सम्वन्धि,ऐन २०६४, नियामावली २०६५ कार्यन्वयन गरी सुशासन कायम गर्न आग्रह गरिएको छ ।
नेपालको संविधान २०७२ धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो सार्वजनिक सारोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुने भन्ने तर कानून वमोजिम गोप्पे राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई वाध्य पारिने छैन भनि उल्लेख गरिएको छ ।
सूचनाका हक सम्वन्धि ऐन अनुसार सार्वजनिक निकायले ऐन प्रारम्भ भएको मितिले तिन महिनाभित्र र त्यसपछि प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गनु पर्ने छ भनि उल्लेख भए पनि स्थानीय सरकारले कार्यन्वयन हुन सकेको छैन ।











प्रतिक्रिया