गैडाकोटको काँग्रेस चोकमा एनआईसी एशियाको नयाँ शाखा

0
Shares

चितवन । एनआईसी एशिया बैंकले नयाँ शाखा नवलपुरको गैडाकोटमा विस्तार भएको छ । शाखाको गैडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल र बैंकका सञ्चालक राजेन्द्र अर्यालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै मेयर पौडेलले स्थानिय तहमा बैकिङ्ग सेवा नपुगेको अवस्थामा “क” वर्गको बैंक गैडाकोट आउनु खुसिको कुरा भएको वताउनुभयो । बैकले गैडाकोटको वित्तिय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले धन्यबाद ज्ञापन गर्नुभयो ।

बैंकको १ सय ७४ आंै शाखाको रुपमा एटिएम सेवा सहित गैडाकोटको कांग्रेसचोकमा औपचारिक रुपमा कारोवार सुरु गरेको बैंक संचालक समिति सदस्य राजेन्द्र प्रसाद अर्यालले बताए । उनले गाँउ–गाँउमा बैंकको सेवा पुर्याउने नेपाल सरकारको नीति अनुसार तिव्र रुपमा शाखा विस्तार गरिएको जानकारी दिए ।

कार्यक्रममा गैडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कडेँल, वडा न. ४ का वडा अध्यक्ष कृष्णपसाद न्यौपाने, बैंकका क्षेत्रिय प्रबन्धक तिलक कार्की लगायतले बोलेका थिए । बिराटनगरबाट कारोवार सुरु गरेको बैंकले अहिले देशभर १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैङ्किङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।