नेपाल समाचारपत्र, काठमाडौं ।
समाजमा सामाजिक संस्कारको विकास गर्ने उद्येश्यले ‘संस्कार समाज नेपाल’ को औपचारिक उद्घाटन गरिएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले संस्थाको औपचारिक उद्घाटन गर्नुभएको हो ।
मन्त्री बस्नेतले समाज परिवर्तन गर्न सबै नागरिकमा सामाजिक चेतनाको विकास हुनुपर्ने बताउनुभयो । ‘यो काम गर्नु हँदैन भन्ने थाहा छ तर पनि हामी सचेत हुन्नौं, यही हाम्रो समस्या हो ’ मन्त्रीले भन्नुभयो ‘ सरकारले राम्रा योजना ल्याउँछ तर सर्वसाधारणको समर्थनबिना परिवर्तन सम्भव छैन ।’
जापान १० वर्ष र कोरिया १२ वर्ष बसेर नेपाल फर्कनुभएकी पशुपति गुरुङले संस्थाको स्थापना गर्नुभएको हो । ‘ जवसम्म आफूबाट सकारात्मक काम थालनी हुँदैन तबसम्म अरुलाई मात्र गाली गरेर केही पनि हुँदैन’ अध्यक्ष गुरुङले भन्नुभयो ‘ हामी नै बाहिर गएर असल संस्कार देखाउँछौं तर आफ्नै देशमा वेवास्ता गर्छौं त्यसैले समाज परिवर्तन गर्न सकिँदैन ।’
समाजले वातावरण संरक्षणका लागि सचेतनामूलक गोष्ठी तथा अन्तरक्रिया समेत गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।











प्रतिक्रिया