काठमाडौं (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको भोली र पर्सि हुने राष्ट्रिय भेलाको तयारी पुरा भएको संयोजक महेश वहादुर सिंहले जानकारी दिनुभएको छ ।
आज र भोली धुम्वारहीस्थित एस आर पार्टी प्यालेसमो राष्ट्रिय भेलामा ७७ वटैं जिल्लाबाट १ जना महिलासहित ३ जना, विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हरेक क्याम्पसबाट १ जना प्रतिनिधीहरुको सहभागिता रहने संयोजक सिंहले जानकारी दिनुभएको छ ।
राष्ट्रिय भेलामा करिब ४ सय ५० विद्यार्थी प्रतिनिधीहरुको सहभागिता हुने बताइएको छ । राष्ट्रिय भेलाले संगठनको विधान संशोधन र भावी रणनीति तय गर्दै सक्षम नेतृत्वसमेत चयन गर्नेछ ।
राष्ट्रिय भेलामा आयोजक समितिका संयोजकले शैक्षिक कार्यपत्र तथा सदस्य सचिबले साँगठानीक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । भेलाको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गर्ने कार्यक्रम तय भएको छ ।











प्रतिक्रिया