नेपाल समाचारपत्र, कााठमाडौँ ।
सेवा नै आत्मा सन्तुष्टि हो, तपाईको सानो सहयोगले अरुलाई ठूलो मद्दत हुन्छ। मुल नाराका साथ। विश्व स्वास्थ्य दिवसको अवसरमा वेलनेस हेल्थ प्याथोलोजी र काठमाणडौं सक्रिय यूवा समूहले संयुक्तरूपमा बसन्तपुर स्थित शिव पार्वती डबलीमा आयोजना गरेको निःशुुल्क स्वास्थ्य शिविर कार्यक्रममा ७२ जनाले स्वास्थ्य परिक्षण गरेका थिए।

स्वास्थ्य परिक्षण वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विनय कुमार रौनियार र वरिष्ठ जनरल फिजिशियन डा. परमेश्वर चन्द्रसेन तथा ५ जना स्वास्थ्यकर्मीको समूहले बसन्तपुर स्थित शिव पार्वती डबलीमा नि–शुल्क स्वास्थ्य परिक्षण तथा सहुलियत दरमा विभिन्न रगत पनि परिक्षण गरिएको थियोे।

परिक्षणमा बृद्धबृद्धाहरुको बाक्लो उपस्थिती रहेको थियो । यसका साथसाथै कार्यक्रममा पुर्व सभासद राज्यलक्ष्मि श्रेष्ठ का.म.पा वडा नं १९,२०,२३ र २४ का वडावासीहरु र जनप्रतिनिधिहरु पनि उपस्थित थियो हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका पुर्व प्रमुख श्री नरेन्द्र बिलास बज्राचार्य र का.म.पा वडा नं २४ का सचिव श्री रवीन्द्र लाल श्रेष्ठ र स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो।











प्रतिक्रिया