लागूऔषध गाँजा सहित पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौँ महानगरपालिका–७ गौरीघाट डेरा गरी बस्ने रामेछाप बिगुलकोट–४ घर भएका २२ बर्षीय मिलन सुनुवार र सोलु घर भएका २४ बर्षीय मुगाधन राईलाई लागूऔषध गाँजा २ के.जी. सहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले आइतबार सुनुवारको कोठा तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।